सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रुसी अन्तरिक्ष यान लुना–२५ यान चन्द्रमामा दुर्घटनाग्रस्त

रुसी अन्तरिक्ष यान लुना–२५ यान चन्द्रमामा दुर्घटनाग्रस्त

काठमाडौं । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना–२५ अन्तरिक्ष यान दुर्घटना भएको छ । अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर गएको रुसी अन्तरिक्ष संस्था रस्मोकसले जनाएको छ ।स्थानीय समय अनुसार शनिबार २ बजेर ५७ मिनेटपछि लुना–२५ को सम्पर्क टुटेको थियो । ‘अकल्पनीय कक्षमा यान पुग्यो चन्द्रमाको सतहमा पुगेर दुर्घटनाग्रस्त भयो ।’ रस्मोकसले भनेको छ ।

साझा पोष्ट
आइतबार, भदौ ३ २०८०
  • images

    यो सोभियत संघपछि रुसको प्रथम चन्द्र मिसन थियो ।पूर्वरुसबाट गत अगस्ट ११ मा रुसी अन्तरीक्ष यान चन्द्रमामा जान ब्लास्ट गरिएको थियो । अगस्ट २१ मा चन्द्रमामा अवतरण हुने योजना थियो । तर, योजना तुहिएको छ ।

    images
    images

    रुसका विभिन्न ६ एजेन्सीले दुर्घटनाको छानबिन गर्ने तयारी गरेको आरटीले उल्लेख गरेको छ । रुसले चन्द्र सतहमा पाउने हिउँको अध्ययन गर्न अन्तरीक्ष यान चन्द्रमा लगेको बताएको थियो ।रुसी चन्द्रमा पुग्ने अन्तरीक्ष यान दुर्घटना भए पनि भारतीय अन्तरीक्ष यान भने सफलताउन्मुख छ । चन्द्रयान ३ नामक अन्तरीक्ष यानबाट भारतीय मिसन चन्द्रमा पुग्न लागेको हो ।यस अगाडिको असफलतालई सफलतामा पुर्‍याउन भारतले राम्रो मेहनत गरेको बताइएको छ । भारतको चन्द्रयान यही अगस्ट २३ मा चन्द्रमा सतहमा अवतरण हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार