सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पुटिनविरुद्ध सैन्य विद्रोह गरेका प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु

पुटिनविरुद्ध सैन्य विद्रोह गरेका प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु

साझा पोष्ट
बिहीबार , भदौ ७ २०८०
  • images
    पुटिनविरुद्ध सैन्य विद्रोह गरेका प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु
    images

    काठमाडौं । गत जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका येभगेनी प्रिगोगिनको बुधवार राति  विमान दुर्घटनामा मृत्यु भएको छ । 

    images
    images

    उनी सवार एम्बरर विमान मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गर्दा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । दुर्घटनाको भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेको छ। भिडिओ रुसको कुजेनकिनोमा भएको दुर्घटनाको अन्तिम क्षणको भएको बताइएको छ।

    images
    images

    बुधबार रुसको उड्डयन एजेन्सीले वाग्नरका सेना प्रमुख प्रिगोजिनसहित विमानमा सवार १० जनाको मृत्यु भएको पुष्टि गरेको छ।प्रिगोजिनसँगै उनका नजिकका सहयोगी दिमित्री उत्किन, सर्गेई प्रोपुस्टिन, यवगेनी मकार्यान, अलेक्जेन्डर टोटमिन, भ्यालेरी चेकालोफ र निकोलाई मातुसेयेभको पनि दुर्घटनामा मृत्यु भएको छ। 

    चालक दलका सदस्यहरू क्याप्टेन एलेक्सी लेभ्सिन, को(पाइलट रुस्तम करिमोभ र उडान परिचर क्रिस्टिना रास्पोपोभा थिए।गएको जुनमा, प्रिगोजिनको नेतृत्वमा वाग्नरको सेनाले रुसमा विद्रोह गर्ने असफल प्रयास गरेको थियो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार