सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मोरक्कोमा ७.२ म्याग्निच्यूडको भुकम्प :२९६ जनाको मृत्यु 

मोरक्कोमा ७.२ म्याग्निच्यूडको भुकम्प :२९६ जनाको मृत्यु 

काठमाडौं । अफ्रिकी देश मोरक्कोमा शुक्रबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म २९६ जनाको मृत्यु भइसकेको छ । अमेरिकी राज्य भूगर्भ सर्वेक्षणका अनुसार यो क्षेत्रमा १२० वर्षमा यति शक्तिशाली भूकम्प आएको पहिलो पटक हो ।मोरक्कोको सरकारी टेलिभिजनले भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको जनाएको छ।

साझा पोष्ट
शनिबार, भदौ २३ २०८०
  • images

    सामाजिक सञ्जालमा भूकम्पसँग सम्बन्धित धेरै भिडियोहरु भाइरल भइरहेका छन्, जसमा मानिसहरु दौडिरहेको देखिन्छ । भूकम्पको केन्द्रविन्दु एटलस पर्वत नजिकैको इघिल गाउँ रहेको बताइएको छ । 

    images
    images

    भूकम्पको गहिराई जमिनमुनि १८.५ किलोमिटर थियो । भूकम्पको धक्का पोर्चुगल र अल्जेरियासम्म महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी अफ्रिकामा भूकम्प एकदमै दुर्लभ हुन्छन्। यसअघि सन् १९६० मा अगादिर नजिक ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा परी हजारौं मानिसको मृत्यु भएको थियो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार