सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् ।भूकम्पले  विनास गरेपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गर्दै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु धेरै मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकाश मुनि बिताएका छन् ।

साझा पोष्ट
आइतबार, भदौ २४ २०८०
  • images
    मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो
    images

    काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् ।

    images
    images

    भूकम्पले  विनास गरेपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गर्दै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु धेरै मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकाश मुनि बिताएका छन् ।

    images
    images

    शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।धेरै क्षति पनि पहाडी क्षेत्रका गाउँमा भएको छ । खोज तथा उद्धार कार्य जारी छ । ग्रामीण क्षेत्रबाट एकिन विवरण आउन बाँकी रहेकाले हताहतीको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।


     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार