सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ताइवानका आकाशमा चीनका १०३ वटा लडाकु जहाज घुसे 

ताइवानका आकाशमा चीनका १०३ वटा लडाकु जहाज घुसे 

साझा पोष्ट
सोमबार, असोज १ २०८०
  • images
    ताइवानका आकाशमा चीनका १०३ वटा लडाकु जहाज घुसे 
    images

    काठमाडौं ।  पछिल्लो २४ घण्टायता चीनका १०३ वटा लडाकु जहाज ताईवानको आकाशमा घुसेका छन् । 

    images
    images

    आफ्नो आकाशमा चीनका जहाज घुसेसँगै ताइवानमा उच्च सुरक्षा सतर्कता अपनाइएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । रक्षामन्त्रालयले यसलाई हालैका दिनमा भएको सबैभन्दा ठूलो घुसपैठ भनेको छ। 

    images
    images

    ताइवानले उसको क्षेत्रमा चीनले निरन्तर तनाव बढाउँदै गएको पनि उल्लेख गरेको छ।चीनले हरेक दिनजसो ताइवानको क्षेत्रमा घुसपैठ कोसिस गरिरहेको जनाइएको छ। आइतबार र सोमबारको बीचमा चीनका ४० वटा लडाकु जहाज दुवै देशबीच बनेको मध्य रेखा पार गर्दै ताइवानमा घुसेका हुन्। 

    यसअघि शनिबार र आइतबारको बीचमा ६३ जहाज ताइवानमा घुसेका थिए। यिनका अलावा ९ युद्धपोत पनि ताइवानको क्षेत्रमा पसेका थिए। 

    चीनकोतर्फबाट भएको यो गतिविधि अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले चीनका विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरिरहेका बेला भएको हो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार