सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारत र क्यानडाबीच तनाव बढ्यो, एक-अर्काका कुटनीतिज्ञ निष्काशन

भारत र क्यानडाबीच तनाव बढ्यो, एक-अर्काका कुटनीतिज्ञ निष्काशन

साझा पोष्ट
मंगलबार, असोज २ २०८०
  • images
    भारत र क्यानडाबीच तनाव बढ्यो, एक-अर्काका कुटनीतिज्ञ निष्काशन
    images

    काठमाडौं । क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध थप पेचिलो र तीक्ततापूर्ण बनेको छ  । क्यानडाको संसद्मा प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यहाँका सिख नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्धमा तिक्‍तता बढेको छ । दुवै देश एकअर्काका कुटनीतिज्ञ निकाला गर्ने कदममा अघि बढेको छ । 

    images
    images

    क्यानडाले निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि, ‘भारत विरोधी गतिविधि’ गरेको भन्दै भारतीय सरकारले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको छ । सोमबार नै क्यानडाको विदेश मन्त्रालयले निज्जर हत्याको विषयमा अनुसन्धान चल्दै गर्दा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई पाँच दिनभित्रै देश छाड्नुपर्ने सूचना जारी गरेको थियो ।

    images
    images

    क्यानडाको संसद्‌मा ट्रुडोले  ‘हाम्रो देशको जमीनमा क्यानडेली नागरिकको हत्याको पछाडि विदेशी सरकारको संलग्नता हुनु हाम्रा लागि अस्वीकार्य छ । यो हाम्रो सम्प्रभूताको उल्लंघन समेत हो ।’भनेका थिए । उनले हालै सम्पन्न जी-२० सम्मेलनमा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो विषय अवगत गराएको बताएका थिए । उनले यो विषयको उचित अनुसन्धानका लागि भारतमाथि दबाब सिर्जना गर्नेसमेत बताएका छन् ।

    यसको जवाफ स्वरूप भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ । नयाँदिल्लीले निष्कासन गरेका क्यानडाका  कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिइएको छ ।

    hardeep_singh.JPG

    भारतीय विदेश मन्त्रालयले क्यानडाको उक्त आरोप ‘तथ्यहीन’ र राजनीतिक रुपमा अभिप्रेरित भएको भन्दै क्यानडाले लामो समयदेखि ‘खालिस्तानी आतंकवादी एवं अतिवादी’ समूहलाई आश्रय दिँदै आएको आरोप लगाएको छ । मन्त्रालयले प्रधानमन्त्री मोदीले क्यानडेली प्रधानमन्त्रीले भारतमाथि लगाएको आरोपलाई पूर्णरूपले अस्वीकार गरेको समेत उल्लेख गरेको छ ।

    ‘क्यानडामा भइरहेको भारतविरोधी गतिविधिलाई रोक्नका लागि शीघ्र एवं प्रभावकारी कानुनी कदम चाल्न क्यानडेली सरकारलाई हामी आग्रह गर्दछौं‚’ भारतस्थित विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको बताउँदै भारतमाथि क्यानडाले लगाएको आरोप आधारहीन भएको टिप्पणी विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले गरेका छन् ।

    क्यानडाका प्रधानमन्त्री ट्रुडोले संसद्को आकस्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँदिल्ली संलग्न रहेको आरोप लगाएका हुन् । गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियामा रहेको एक गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार