सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

विवाह समारोहमा आगो लाग्दा इराकमा कम्तीमा सय जनाको मृत्यु

विवाह समारोहमा आगो लाग्दा इराकमा कम्तीमा सय जनाको मृत्यु

साझा पोष्ट
बुधबार, असोज १० २०८०
  • images
    विवाह समारोहमा आगो लाग्दा इराकमा कम्तीमा सय जनाको मृत्यु
    images

    काठमाडौं । इराकको उत्तरी क्षेत्रस्थित एक विवाह समारोहमा आगो लाग्दा कम्तीमा १ सय जनाको मृत्यु भएको छ । आगलागीको कारण भने सार्वजनिक भएको छैन ।

    images
    images

    इराकको निनेभे प्रान्तस्थि काराकोस जिल्लाको उक्त घटनामा १ सय ५० जना घाइते भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।इराकको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । साथै उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

    images
    images

    स्थानीय समय अनुसार मंगलबार राति १० बजेर ४५ मिनेटमा आगलागी सुरु भएको हो । यद्यपि स्थानीय अधिकारीहरूले घाइतेकको संख्याबारे मिश्रित तथ्यांक दिएका छन् । आगलागीबाट नवविवाहित जोडी पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    विवाह समारोहको पार्टी भइरहेको ब्यांक्वेट हलमा आगलागी छोटो समयमै फैलिएको थियो । इराकी रेड क्रिसेन्टले भने ४ सय ५० भन्दा धेरैको हताहत भएको तर कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक सार्वजनिक गर्न कठिन रहेको जनाएको छ ।

    स्थानीय पत्रकारहरूले घटनास्थलबाट धेरै बेरसम्म एम्बुलेन्सबाट दर्जनौं घाइतेको उद्धार गरिएको बताएका छन् ।विवाह समारोहमा उपस्थित प्रत्यक्षदर्शीहरूले सिंगो हल नै आगोले भरिएको प्रतिक्रिया दिएको पाकिस्तानी सञ्चारमाध्यम डन न्युजको समाचारमा उल्लेख छ ।

    घटनापछि इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले विज्ञप्ति जारी गर्दै पीडितको उद्धारका लागि सम्पूर्ण उद्धारका प्रयास परिचालन गर्न गृह र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।
    इराकमा यसअघि २०२१ मा कोरोना महामारीका बेला दक्षिणी क्षेत्रमा रहेको एक अस्पतालमा यस्तै भीषण आगलागी हुँदा ६० जनाभन्दा धेरैको मृत्यु भएको थियो । सोही वर्ष अप्रिलमा अक्सिजन ट्यांक विस्फोट भएर आगलागी हुँदा ८० जनाभन्दा धेरैको मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार