सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कोरोना खोपमा अनुसन्धान गर्ने दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोवेल पुरस्कार

कोरोना खोपमा अनुसन्धान गर्ने दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोवेल पुरस्कार

साझा पोष्ट
सोमबार, असोज १५ २०८०
  • images
    कोरोना खोपमा अनुसन्धान गर्ने दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोवेल पुरस्कार
    images

    काठमाडौं । कोभिड–९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन्।                       
    नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फ यश वर्षको पुरस्कार दिने घोषणा गरेको हो।

    images
    images

    कोरोना महामारीका कारण विश्वमा झण्डै ७० लाख बढी मानिसहरूको मृत्यु भएको थियो । वैज्ञानिकहरूले कोभिडविरूद्ध विभिन्न किसिमका खोप बनाएका थिए, जसमामध्ये फाइजर, मोडेर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो।
    सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा जन्मिएकी कारीको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छिन्।

    images
    images

    यस्तै १९५९ मा अमेरिकाको लेक्जिङटनमा जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन्।


    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार