सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई

साझा पोष्ट
मंगलबार, असोज १६ २०८०
  • images
    भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई
    images

    काठमाडौं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई  दिइने भएको छ ।

    images
    images

    मंगलबार रोयल स्विडिस एकेडेमी अफ साइन्सले अमेरिकी वैज्ञानिक पिएरे अगस्टिनी, जर्मन वैज्ञानिक फेरेन्ट्स क्राउस र स्विडिस वैज्ञानिक एन लुहुलिएलाई यस वर्ष भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा गरेको हो । सुक्ष्म ‘समय’ पत्ता लगाउने प्रकाशसम्बन्धी प्रायोगिक विधिका लागि उनीहरु पुरस्कार लागि छनौट भएका हुन् । 

    images
    images

    नोबेल पुरस्कार कमिटीका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रायोगिक प्रक्रिया पत्ता लगाएबापत उनीहरूलाई पुरस्कार विजेता घोषणा गरिएको हो ।

    अटोफिजिक्स (प्रकाश/लेजर पल्स र पदार्थको छोटो समय: १/१०००,०००,०००,०००,०००,००० सेकेन्डको अन्तरक्रियाको अध्ययन) मा योगदान गर्नेलाई एकेडेमीले पुरस्कार दिन लागेको हो । १ एटोसेकेन्ड भनेको एक सेकन्डको १०००,०००,०००,०००,०००,००० औँ भाग भाग हो। भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार विजेतालाई मेडल र संयुक्त रूपमा १ करोड १० लाख स्विडिस क्रोनर दिइनेछ ।

    गत वर्ष 'क्वान्टम मेकानिक्स'बारे अनुसन्धान गर्ने ३ जना वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार भने कोरोना भाइरसविरुद्ध एमआरएनए खोप विकासमा काम गर्ने अमेरिकी वैज्ञानिकद्वय क्याटलिन कारिको र ड्रु वाइसमानलाई सोमबार दिइएको थियो ।

    रसायनशास्त्रतर्फको अक्टोबर ४, साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गरिनेछ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार