सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जेलमा रहेकी ईरानी अधिकारकर्मी नर्गिसलाई नोवेल शान्ति पुरस्कार

जेलमा रहेकी ईरानी अधिकारकर्मी नर्गिसलाई नोवेल शान्ति पुरस्कार

साझा पोष्ट
शुक्रबार, असोज १९ २०८०
  • images
    जेलमा रहेकी ईरानी अधिकारकर्मी नर्गिसलाई नोवेल शान्ति पुरस्कार
    images

    काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी  अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

    images
    images

    महिला उत्पीडनविरूद्धमा काम गरेको र महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको भन्‍दै नोबल पुरस्कार समितिले नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरेको हो ।

    images
    images

    ५१ वर्षीया नरगिसलाई इरान सरकारले तेहरानस्थित  इभिन कारागारमा राखेको छ । लामो समय पत्रकारका रुपमा काम गरेकी नरगिसले पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नरगिससहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मेमा प्रेस स्वतन्त्र पुरस्कार दिएको थियो ।

    नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छिन् । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नरगिस पर्यायवाची शब्द बन्दै गएकी थिईन् । पटक-पटक विभिन्न मुद्दामा जेल परेकी नरगिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा उनी जेल परेकी हुन् । उनी सन् २०२१ नोभेम्बर १६ मा इब्राहिम केताबदरको स्मृति समारोहमा सहभागी भएका बेला पक्राउ परेकी हुन् । इब्राहिम २०१९ को नोभेम्बरमा राष्ट्रव्यापी प्रदर्शनका क्रममा इरानी सुरक्षा फौजबाट मारिएका थिए ।

    नरगिसलाई १० वर्ष ९ महिना जेल सजषा सुनाइएको छ । त्यस्तै उनीविरुद्ध १५४ कोर्राको पनि सजाय सुनाइएको थियो तर मानवअधिकार समूहका अनुसार भने त्यो सजाय अहिलेसम्म दिइएको छैन । त्यस्तै उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ ।

    नोबेल पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशिमा १० लाख स्विडिस क्रोनर बढाइएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार