सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इरान र साउदीबीच इजरायल–प्यालेस्टाईन द्वन्द्वबारे संवाद

इरान र साउदीबीच इजरायल–प्यालेस्टाईन द्वन्द्वबारे संवाद

साझा पोष्ट
बिहीबार , असोज २५ २०८०
  • images
    इरान र साउदीबीच इजरायल–प्यालेस्टाईन द्वन्द्वबारे संवाद
    images

    काठमाडौं । इजरायल–प्यालेस्टाईन द्वन्द्वका विषयमा इरानका राष्ट्रपति इब्राहिम रायसी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानबीच बुधबार फोन वार्ता भएको छ । 

    images
    images

    इरान र साउदी अरेबियाका सरकारी मिडियाले यसको पुष्टि गरेका छन् । इरानी मिडियाको रिपोर्ट अनुसार रायसी र युवराजबीच ‘प्यालेस्टाइनविरुद्ध युद्ध अपराध अन्त्य गर्ने आवश्यकता’बारे छलफल भएको हो। 

    images
    images

    साउदी अरेबियाको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदी अरेबियाका युवराजले राज्यले वर्तमान तनाव रोक्न सबै अन्तर्राष्ट्रिय र क्षेत्रीय पक्षसँग वार्ताका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्।‘उनले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्ने आवश्यकतामा जोड दिए र गाजामा गम्भीर मानवीय संकट र नागरिकमा यसको प्रभावप्रति गहिरो चिन्ता व्यक्त गरे।’

     कुराकानीमा युवराजले प्यालेस्टिनी जनताको अधिकार सुनिश्चित गर्न व्यापक र निष्पक्ष प्रयासलाई साउदी अरबले समर्थन गर्ने बताए। सात वर्षदेखि दुई देशबीच कूटनीतिक सम्बन्ध थिएन तर चीनको मध्यस्थतामा यही वर्षको मार्चमा उनीहरूबीच पुनः सम्बन्ध सुरु भएको थियो। त्यसपछि इरान र साउदी अरबका नेताहरूबीच अहिले पहिलोपटक फोनवार्ता भएको हो। त्यसैले इरान र साउदी अरेबियाबीचको यो वार्ता  महत्त्वपूर्ण मानिएको छ ।चीनको मध्यस्थतामा साउदी अरेबिया र इरानले कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने घोषणा गरेका हुन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार