सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इजरायलमा हमासको आक्रमणमा परी २४ देशका १ सय २६ जना मारिए, कुन देशका कति ?

इजरायलमा हमासको आक्रमणमा परी २४ देशका १ सय २६ जना मारिए, कुन देशका कति ?

साझा पोष्ट
शनिबार, असोज २७ २०८०
  • images
    इजरायलमा हमासको आक्रमणमा परी २४ देशका १ सय २६ जना मारिए, कुन देशका कति ?
    images

    काठमाडौं । गत शनिबार प्यालेस्टाईनी विद्रोही समूह  हमासले इजरायलमा गरेको आक्रमणमा परी मारिने मध्ये ससय भन्दा धेरै विदेशी रहेका छन् ।

    images
    images

    अहिलेसम्म १३०० जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमा २४ देशका १ ससय २६ जना विदेशी रहेको समाचार एजेन्सी एएफपीले पुष्टि गरेको छ । 

    images
    images

    सबभन्दा बढी अमेरिकाका २७ जनाको मृत्यु भएको छ । नेपालका पनि १० जना मारिएका छन् । नेपाल चौथो नम्बरमा छ । 

    कुन देशका कति ?

    अमेरिका : २७ जना

    थाइल्याण्ड : २४ जना

    फ्रान्स : १५ जना

    नेपाल : १० जना

    अर्जेन्टिना : ७ जना

    युक्रेन : ७ जना

    रुस : ४ जना

    ब्रिटेन : ४ जना

    चिली : ४ जना

    अष्ट्रिया : ३ जना

    बेलारुस : ३ जना

    फिलिपिन्स : ३ जना

    ब्राजिल : २ जना

    पेरु : २ जना

    रोमानिया  : २ जना

    अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विट्जरल्याड, कोलम्बिया र पाराग्वे का १/१ जना आक्रमणमा मारिएका छन् । 
    जर्मनी, मेक्सिकोका कयौं नागरिकलाई हमासले बन्ध बनाएको खबर छ भने इटली, पाराग्वे, श्रीलंका र तान्जानियाका केही मानिस हराइरहेका छन् । नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको बताइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार