सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ : अमेरिकी राष्ट्रपति बाइडेन

इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ : अमेरिकी राष्ट्रपति बाइडेन

साझा पोष्ट
सोमबार, असोज २९ २०८०
  • images
    इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ : अमेरिकी राष्ट्रपति बाइडेन
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन्। सीबीएसको ‘६० मिनेट्स’ अन्तर्वार्तामा बाइडेनले इजरायलले गाजा कब्जा गर्न नहुने बताएका हुन् । 

    images
    images

    बाइडेनलाई  तपाईं गाजामा इजरायलको कब्जालाई समर्थन गर्नुहुन्छ ? भनेर सोधिएको प्रश्नको जवाफमा  अमेरिकी राष्ट्रपति बाइनडेनले भने, ‘यो ठूलो गल्ती हुनेछ।’ आइतबार राति प्रसारित अन्तर्वार्तामा उनले भनेका छन्,‘तर गाजाभित्र गएर अतिवादीहरूलाई बाहिर निकाल्नु महत्त्वपूर्ण काम हो।’

    images
    images

    ‘हमासले सबै प्यालेस्टिनी जनताको प्रतिनिधित्व गर्दैन र मलाई लाग्छ– इजरायलले गाजालाई पुनः कब्जा गर्नु गल्ती हुनेछ।’ उनले थपे । बाइडेनले इजरायलले युद्धको नियमभित्र रहेर कारबाही गर्नेमा आफू विश्वस्त रहेको पनि बताए।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार