सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अमेरिकी राष्ट्रपति बाइडेन बुधवार इजरायल भ्रमणमा जाने, हमासविरुद्ध थप रणनीतिको तयारी

अमेरिकी राष्ट्रपति बाइडेन बुधवार इजरायल भ्रमणमा जाने, हमासविरुद्ध थप रणनीतिको तयारी

साझा पोष्ट
मंगलबार, असोज ३० २०८०
  • images
    अमेरिकी राष्ट्रपति बाइडेन बुधवार इजरायल भ्रमणमा जाने, हमासविरुद्ध थप रणनीतिको तयारी
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि बुधबार इजरायलको भ्रमण गर्ने  भएका छन् ।इजरायलमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेनले भोलि बुधबार बाइडेन इजरायल भ्रमण गर्ने घोषणा गरेका हुन् ।

    images
    images

    बाइडेनको इजरायल भ्रमणमा प्यालेस्टाइनको लडाकु समूह हमाससँगको युद्ध कसरी अघि बढाउने र नागरिकको जीवन रक्षाका विषयमा छलफल हुने ब्लिन्केनले बताएका छन् ।यस्तै, नागरिकको हताहतलाई कसरी कम गर्ने र गाजामा राहत तथा उद्धारका कामको बारेमा पनि ठोस निर्णय हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 

    images
    images

    राष्ट्रपति बाइडेनको भ्रमण र अन्य विषयमा छलफल गर्न जेरुसेलममा रहेको अमेरिकी दूतावासमा सोमबार एन्टोनी ब्लिन्केन सहितका शीर्ष अमेरिकी कूटनीतिज्ञ र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सात घण्टा लामो बैठक भएको थियो ।

    नेतान्याहुको निमन्त्रणामा बाइडेनको भ्रमण भएको हो । इजरायलमा यसपटक हमासले गरको आक्रमणपछि दुवै पक्षबाट अहिलेसम्म ४ हजार भन्दा धेरैको ज्यान गएको छ । १२ सय जना बेपत्ता छन् ।हमासविरुद्ध जवाफी कारबाही भन्दै इजरायलले गाजामा गरेको अन्धाधुन्ध आक्रमणले सहर ध्वस्त भएको छ ।  उपचार, खाना, पानी, बासस्थान र बिजुलीको चरम अभावमा त्यहाँका नागरिक निकै दयनीय अवस्थामा पुगेका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार