सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतले दबाब दिएपछि क्यानडाले  ४१ कूटनीतिज्ञ फिर्ता बोलायो

भारतले दबाब दिएपछि क्यानडाले  ४१ कूटनीतिज्ञ फिर्ता बोलायो

साझा पोष्ट
शुक्रबार, कात्तिक ३ २०८०
  • images
    भारतले दबाब दिएपछि क्यानडाले  ४१ कूटनीतिज्ञ फिर्ता बोलायो
    images

    काठमाडौं । क्यानडाले भारतमा रहेका आफ्ना ६२ मध्ये ४१ जना कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । शुक्रबार क्यानडाकी विदेशमन्त्री मेलेनी जोलीले यसको पुष्टि गरेकी छन् ।

    images
    images

    विदेशमन्त्री जोलीका अनुसार भारतले शुक्रबार अर्थात अक्टोबर २० पछि २१ कूटनीतिज्ञ र उनीहरूका परिवारबाहेक सबै क्यानाडाली कूटनीतिज्ञहरूलाई अनैतिक रूपमा भारतबाट हटाउन दबाब दिएकोले क्यानडाले यस्तो निर्णय गरेको हो ।
    उनका अनुसार क्यानडाका सबै कूटनीतिज्ञ र उनीहरूका परिवार सकुशल छन् र भारत छोडेका छन् । यसरी कूटनीतिज्ञ हटाउनुलाई अन्तर्राष्ट्रिय कानुनविपरीत मानिन्छ ।

    images
    images

    १८ जुनमा क्यानडामा रहेका शिख नेता हरदीप सिंह निज्जरको हत्यापछि दुई देशको सम्बन्ध बिग्रिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले हरदीपको हत्या भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाएपछि भारतले त्यसको खण्डन गर्दै आएको छ ।

    यो विवादलाई नतन्काउन क्यानडाले कुनै पनि प्रतिशोधात्मक कारबाही नगर्ने निर्णय गरेको छ ।
    क्यानडाकी परराष्ट्रमन्त्री जोलीले आफ्नो देशले सधैं अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने र यो सबै देशको हकमा लागु हुने बताइन् ।

    ‘यस्तो समयमा हाम्रा लागि हाम्रा कूटनीतिज्ञहरू एकअर्काको देशमा रहनु र हरेक तहमा संवाद जारी राख्नु अत्यन्तै महत्त्वपूर्ण छ,’ उनले भनिन् ।भारतमा २१ जना मात्र क्यानडाली कूटनीतिज्ञ रहँदा कर्मचारी अभावले काम प्रभावित हुने उनले बताएकी छन् ।

    यसै साता भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक पत्रकार सम्मेलनमा क्यानडालाई भारतबाट अतिरिक्त कूटनीतिज्ञ हटाउन भनिएको र आवश्यक भन्दा धेरै राख्दा भारतको आन्तरिक मामिलामा हस्तक्षेप हुने बताएका थिए ।
    अक्टोबर पहिला साता क्यानडाका प्रधानमन्त्री ट्रूडोले भारतसँग विवाद बढाउन नचाहेको र त्यहाँ क्यानडाको कूटनीतिज्ञ रहनु महत्वपूर्ण भएको बताएका थिए विदेशमन्त्री जोलीले पनि कूटनीतिक संकटबाट बाहिर निस्कन भारतसँग वार्ता गर्न चाहेको बताएकी छन् ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार