सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गाजा क्षेत्रका अस्पताल नजिक फेरि हवाई हमला

गाजा क्षेत्रका अस्पताल नजिक फेरि हवाई हमला

साझा पोष्ट
सोमबार, कात्तिक ६ २०८०
  • images
    गाजा क्षेत्रका अस्पताल नजिक फेरि हवाई हमला
    images

     काठमाडौं । इजरायल–प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु नजिक फेरि पनि आक्रमण भएको छ । विष्फोटबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

    images
    images

    तर प्यालेस्टिनी मिडियाहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका साथै अल–कुद्स, र इन्डोनेसियन अस्पतालहरु नजिक विष्फोटका ठूला आवाज सुनिएको छ ।

    images
    images

    प्यालेस्टिनी लडाकु समूह हमासले अल–कुद्स अस्पताल नजिक इजरायलले हवाई हमला गरेको भन्दै एक भिडियो सार्वजनिक गरेको छ ।

    आगोले जलेर ध्वस्त भएको अर्को एक भवन पनि हमासले सार्वजनिक गरेको छ । त्यो भवन कुवैती अस्पतालभन्दा पछाडिको हो भनिएको छ । यद्यपि ती भिडियोहरुको प्रमाणिकता जाँच गर्न नसकिएको बीबीसीले जनाएको छ । इजरायली सेनाले त्यो भिडियोबारे सोध्दा अनुसन्धान गरिरहेको जवाफ दिएको छ ।

    यसअघि गाजा क्षेत्रको अल–अहली अल–अरबी बाप्टिस्ट अस्पतालमा रकेट आक्रमण हुँदा पाँच सय जनाको मृत्यु भएको थियो । यो आक्रमणको दोष इजरायली सेना र हमासले एकअर्कालाई लगाउँदै आएका छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार