सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राष्ट्र संघका महासचिवलाई भीसा नदिने इजरायलको धम्की  

राष्ट्र संघका महासचिवलाई भीसा नदिने इजरायलको धम्की  

साझा पोष्ट
बुधबार, कात्तिक ८ २०८०
  • images
    राष्ट्र संघका महासचिवलाई भीसा नदिने इजरायलको धम्की  
    images

    काठमाडौं । ईजरायलले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई भीसा नदिने चेतावनी दिएको छ । 

    images
    images

    राष्ट सुरक्षा परिषद् बैठकमा  गुटेरेसले दिएको अभिव्यक्तिपछि इजरायल आक्रामक बनेको छ ।इजराय-गाजा युद्धबारे छलफल गर्न मंगलबार राति न्यूयोर्कमा बसेको सुरक्षा परिषद् बैठकमा राष्ट्रसंघका प्रमुख गुटेरेसले हमासले इजरायलमा गरेको आक्रमणको बदला प्यालेस्टाइनी नागरिकलाई सजाय दिएर औचित्य पुष्टि नहुने बताएका थिए । त्यसपछि इजरायली अधिकारीहरूले संयुक्त राष्ट्रसंघका पदाधिकारीलाई भिसा नदिने बताएका छन् ।

    images
    images

     राष्टसंघका लागि इजरायलका प्रतिनिधि एर्डनले एउटा इजरायली रेडियोलाई मानवअधिकार सम्बन्धी मामिलाका उप(महासचिव मार्टिन ग्रिफिथ्सलाई पहिले नै भिसा अस्वीकार गरेको बताए । एर्डनले ‘राष्ट्रसंघका पदाधिकारीलाई पाठ सिकाउने समय आएको’ अभिव्यक्ति समेत दिएका छन् ।


    संयुक्त राष्ट्रका महासचिव गुटेरेसले ७ अक्टोबरमा १,४०० भन्दा बढी मानिस मारिएको हमासको आक्रमण ‘खाली ठाउँमा’ नभएको भन्दै इजरायलले ‘५६ वर्षदेखि कब्जा गरिराखेको’ प्यालेस्टाइनीहरूको जमिनमा भएको बताएका थिए ।

    ‘आफ्नो जमिमा अरूको बस्ती बसिरहेको देखेका थिए । त्यहाँका आम मानिस हरेक दिने हुने हिंसाबाट आजित भइरहेका थिए र यो सबका बीच आफ्नो अर्थव्यवस्था तबाह भइरहेको पनि हेरिरहेका थिए’, उनले अगाडि भने, ‘मानिसहरूलाई आफ्नो घरबाट निकालियो र उनीहरूका बस्ने घरलाई खण्डहर बनाइयो । त्यहाँका मानिसहरूमा राजनीतिक समाधान निस्किन्छ भन्ने आशा फिक्का भइसकेको थियो ।’

    महासचिव गुटेरेसको उक्त अभिव्यक्तिप्रति आक्रोशित हुँदै इजरायली विदेशमन्त्री एली कोहेनले ‘यस्तो नरसंहारको कुनै कारण हुन नसक्ने’ प्रतिक्रिया दिएका छन् । ‘कुन संसारमा बस्छौ रु’ इजरायली विदेशमन्त्री कोहेलनले गुटेरेसलाई प्रश्न गरेका छन् । उनले संयुक्त राष्ट्रसंघ प्रमुख गुटेरेससँगको भेटलाई रद्द गर्ने धम्कीसमेत दिएका छन् ।

    सुरक्षा परिषद् बैठकमा उपस्थित राष्ट्रसंघका लागि इजरायलका राजदूत गिलाड एर्डनले पनि गुटेरेसको राजीनामा माग गर्दै ‘उनी संयुक्त राष्ट्रसंघको नेतृत्व गर्न योग्य नरहेको’ बताएका थिए ।

    गुटेरेसले त्यसपछि सुरक्षा परिषद् बैठकमा आफूले राखेको मन्तव्यका केही अंशहरू हाइलाइट गर्दै सामाजिक सञ्जाल ‘एक्स’मा स्पष्ट पारेका छन् । ‘प्यालेस्टिनी जनताले भोगिरहेको कष्टले हमासको डरलाग्दो आक्रमणको औचित्य पुष्टि गर्न सक्दैन’, र त्यो ‘गाजामा भइरहेको भयानक आक्रमणले प्यालेस्टिनी जनतालाई दिएको सामूहिक सजायको औचित्य पनि पुष्टि गर्न सक्दैन’ ।

    यससँगै इजरायलले  राष्ट्रसंघका अधिकारीहरूलाई भिसा नदिने बताएको छ 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार