सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राष्ट्रपति एर्डोगानले भने- आफ्नो भूमिको रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’

राष्ट्रपति एर्डोगानले भने- आफ्नो भूमिको रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’

साझा पोष्ट
बुधबार, कात्तिक ८ २०८०
  • images
    राष्ट्रपति एर्डोगानले भने- आफ्नो भूमिको रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’
    images

    काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान प्यालेस्टिनी विद्रोही समूह  हमासका पक्षमा उभिएका छन् । । उनले हमासलाई आफ्नो भूमिको रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’ भएको बताएका छन् ।

    images
    images

    हमासलाई इजरायल, अमेरिका, ईयू र बेलायतले आतंकवादी समूहका रूपमा व्याख्या गरिरहेका बेला टर्कीका राष्ट्रपतिले हमासका पक्षमा उभिएका हुन् । 

    images
    images


    टर्कीको संसदमा सम्बोधन गर्दै एर्डोगानले आफूले इजरायल भ्रमण गर्ने योजनासमेत रद्द गरेको बताएका छन् ।

    राष्ट्रपति एर्डोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग हात मिलाएको तर उनले टर्कीको असल नियतको दुरुपयोग गरेको आरोप समेत लगाए ।

    एर्डोगाल र नेतान्याहुले गत महिना न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा भेट गरेका थिए ।  भेटलाई टर्की र इजरायलबीच रहेको तिक्ततापूर्ण सम्बन्धमा आएको सुधारको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको थियो ।

    गत ७ अक्टोबरमा हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेपछि १४०० भन्दा बढी मानिस मारिएका थिए । त्यसपछि इजरायलले प्यालेस्टाइनको गाजा र वेस्ट बैंक क्षेत्रमा आक्रमण गर्दा हजारौँ नागरिकको ज्यान गइसकेको छ भने लाखौं नागरिक घरवार विहिन भएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार