सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की 

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की 

साझा पोष्ट
शनिबार, कात्तिक ११ २०८०
  • images
    मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की 
    images

    काठमाडौं । भारतीय अर्बपती मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ। रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका अम्बानीलाई इमेल मार्फत ज्यान मार्ने धम्की आएको बीबीसीले जनाएको छ। 
    अपरिचित  व्यक्तिले इमेलमार्फत् अम्बानीले २० करोड रुपैयाँ नदिए मारिदिने धम्की दिएको मुम्बई प्रहरीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। 

    images
    images

    यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएको बताइएको छ।समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले मुद्दा समेत दर्ता गराएउको छ। 

    images
    images

    मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन। गत वर्ष मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिने बिहारका एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो।ती व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेशन अस्पताल उडाउने धम्की दिएका थिए।

    यसअघि २०२१ मा अम्बानीको घर नजिकै बिस्फोटक पदार्थले भरिएको एसयूभी पनि भेटिएको थियो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार