सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

युद्धविरामलाई नकार्दै इजरायली प्रधानमन्त्रीले भने- यो युद्धको समय हो 

युद्धविरामलाई नकार्दै इजरायली प्रधानमन्त्रीले भने- यो युद्धको समय हो 

साझा पोष्ट
मंगलबार, कात्तिक १४ २०८०
  • images
    युद्धविरामलाई नकार्दै इजरायली प्रधानमन्त्रीले भने- यो युद्धको समय हो 
    images

    काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविराम अस्वीकार गर्दै यो युद्धको समय भएको र युद्ध जारी रहने बताएका छन् । 

    images
    images

    तेल अभिभमा बोल्दै उनले युद्धविरामलाई नकारेका हुन् ।  ‘जसरी अमेरिका पर्ल हार्बरमा बम विस्फोट वा ९र११ आक्रमणपछि युद्धविरामको लागि तयार भएन, त्यसैगरी इजरायल पनि अक्टोबर ७ को आक्रमणपछि हमाससँग युद्धविराम गर्न राजी छैन।’ उनले भने । 

    images
    images

    यही अक्टोबर ७ तारिखका दिन प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा एक्कासि आक्रमण गरेपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। 

    ‘युद्धविरामका लागि आग्रह गर्नु भनेको इजरायललाई हमास, आतंकवादलाई आत्मसमर्पण गर्न भन्नुजस्तै हो।’  बाइबलमा शान्तिको समय र युद्धको समय हुने बताइएको उल्लेख गर्दै उनले भने, ‘त्यसैले यो युद्धको समय हो। यो युद्ध हाम्रो साझा भविष्यका लागि हो।’

    इजरायलमा हमासले अक्टोबर ७ मा आक्रमण गर्दा १ हजार ४ सय मानिस मारिएका थिए भने त्यसयता इजरायलले गाजामा जारी राखेको आक्रमणमा अहिलेसम्म ८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार