सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गाजामा आक्रमण गरेको विरोधमा बोलिभियाले इजरायलसँग सम्बन्ध तोड्यो

गाजामा आक्रमण गरेको विरोधमा बोलिभियाले इजरायलसँग सम्बन्ध तोड्यो

साझा पोष्ट
बुधबार, कात्तिक १५ २०८०
  • images
    गाजामा आक्रमण गरेको विरोधमा बोलिभियाले इजरायलसँग सम्बन्ध तोड्यो
    images

    काठमाडौं । ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ।  इजरायलले गाजामा गरेको सैन्य कारबाहीको विरोध गर्दै बोलिभियाले यो कदम चालेको हो ।

    images
    images

    हमाससँग द्वन्द्वका कारण इजरायलसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गर्ने बोलिभिया पहिलो ल्याटिन अमेरिकी राष्ट्र हो।
    बोलिभियाका उपविदेशमन्त्री फ्रेडी मामानीले इजरायलको कदमलाई ‘आक्रामक र असंगत’ भनेका बीबीसीले जनाएको छ । 

    images
    images

    बोलिभियालेयुद्धविरामका लागि अपिल गरेको थियो र गाजामा मानवीय सहायता पठाउने बताएको थियो। तर इजरायलले यो युद्धको समय भन्दै युद्धविरामलाई नकारेको छ । बोलिभियाले गाजापट्टीका विषयमा पहिले पनि इजरायलसँग सम्बन्ध तोडेको थियो। यसको झण्डै एक दशकपछि सन् २०१९ मा मात्रै यी दुईबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित भएको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार