सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अमेरिका र चीनबीच उच्चस्तरीय सैन्य सञ्चार पुनर्स्थापना गर्ने सहमति

अमेरिका र चीनबीच उच्चस्तरीय सैन्य सञ्चार पुनर्स्थापना गर्ने सहमति

साझा पोष्ट
बिहीबार , कात्तिक ३० २०८०
  • images
    अमेरिका र चीनबीच  उच्चस्तरीय सैन्य सञ्चार पुनर्स्थापना गर्ने सहमति
    images

    काठमाडौं । चीन र अमेरिकाबीच दुईपक्षीय उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापनालगायत विभिन्न महत्त्वपूर्ण विषयमा सहमति भएको छ । 

    images
    images

    चिनियाँ राष्ट्रपति सी चीनफिङ र  अमेरिकी समकक्षी जो बाइडेनबीच यो सहमति भएको हो।६ वर्षको रिक्तता तोडेर चिनियाँ सर्वोच्च नेता सी मंगलबार अमेरिका पुगेपछि दुई देशबीच महत्वपूर्ण विषयमा सहमति भएको छ । 

    images
    images

    लागुऔषध तस्करीविरुद्धको साझेदारीलाई पुनः ब्युँताउने, कृत्रिम बौद्धिकताका जोखिमबारे विज्ञको तहमा द्विपक्षीय छलफल र सहकार्य अघि बढाउनेलगायत विषयमा पनि शिखर वार्तामा सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
    गत वर्ष अमेरिकी संसद्‌की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन क्रूद्ध बनेको थियो। यसै वर्षको सुरुमा अमेरिकाले चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोपसमेत लगाएको थियो। सी अमेरिका जाँदा त्यहाँका राष्ट्रपति बाइडेनले भव्य स्वागत गरेका थिए। सीलाई अमेरिकामा स्वागत गर्न पाउँदा गौरव र खुसी लागेको बाइडेनले बताए। 

    सीले प्रतिक्रियामा हाम्रो भेटका लागि यो महान् धर्ती नै पर्याप्त रहेको बताए।दुई देशबीच धेरै भिन्नता भए पनि मित्रता कायम गर्न उत्तिकै सक्षम रहेको टिप्पणी उनले गरे। उनीहरूबीच एक वर्षभन्दा बढीको अन्तरालपछि व्यक्तिगत तहमा पहिलोपटक वार्ता भएको हो।
    रुस र युक्रेनबीचको युद्धमा पनि यी दुवै शक्तिराष्ट्र विपरीत ध्रुवमा छन्। इजरायल र हमासबीचको द्वन्द्वमा अमेरिका स्पष्टतः इजरायलको पक्षमा उभिएको छ। सम्भावित सैन्य द्वन्द्वबाट बच्न चीन र अमेरिकाबीच भएको छलफललाई महत्त्वका साथ हेरिएको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार