सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सकिब अल हसन राजनीतिमा, अवामी लिगबाट चुनाव लड्ने  

सकिब अल हसन राजनीतिमा, अवामी लिगबाट चुनाव लड्ने  

साझा पोष्ट
आइतबार, मंसिर ३ २०८०
  • images
    सकिब अल हसन राजनीतिमा, अवामी लिगबाट चुनाव लड्ने  
    images

    काठमाडौं । बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गरेका छन् । आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उहाँले सत्तारूढ बङ्गलादेश अवामी लिगबाट उम्मेदवारी दिने तयारीमा लागेका छन् । 
     अवामी लिगका संयुक्त महासचिव बहाउद्दीन नसिमका अनुसार शकिबले चुनावमा तीन निर्वाचन क्षेत्रबाट लड्नका लागि शनिबार पार्टीबाट नामाङ्कन फाराम लिएका छन। प्रमुख प्रतिपक्षीहरूले सो निर्वाचन बहिष्कार गर्ने तयारी गरिरहेका छन् । 

    images
    images

     क्रिकेट अलराउन्डर शकिबलाई स्वागत गर्दै संयुक्त महासचिव नसिमले  सकिब सेलिब्रिटी भएको र  देशका युवाहरूमाझ निकै लोकप्रिय रहेको बताए । शकिबको उम्मेदवारीबारे निर्णय प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा रहेको सत्तारूढ पार्टी संसदीय बोर्डले गर्नेछ ।। नसिमका अनुसार शकिबले आफ्नो दक्षिण–पश्चिम गृहजिल्ला मगुरा वा राजधानी ढाकामा कुनै एक स्थानबाट निर्वाचन लड्ने बताएका छन्  ।
     तीन वटै ढाँचाको क्रिकेटका बङ्गलादेशका नियमित कप्तान शकिब अहिले औँलाको चोटबाट ग्रसित छन । 

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार