सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बन्धक रिहा गर्न हमाससँग सम्झौता गर्ने इजरायल सरकारको निर्णय 

बन्धक रिहा गर्न हमाससँग सम्झौता गर्ने इजरायल सरकारको निर्णय 

पहिलो चरणमा हमासले ५० जनालाई मुक्त गर्ने

साझा पोष्ट
बुधबार, मंसिर ६ २०८०
  • images
    बन्धक रिहा गर्न हमाससँग सम्झौता गर्ने इजरायल सरकारको निर्णय 
    images

    काठमाडौं ।  इजरायली मन्त्रिपरिषद्ले बन्धकहरूलाई रिहा गर्नका लागि हमाससँग सम्झौता गर्ने निर्णय गरेको छ। अक्टोबर ७ मा भीषण आक्रमणसँगै हमासले २ सयभन्दा बढी व्यक्तिलाई बन्धक बनाएपछि उनीहरुको रिहाइका  लागि हमाससँग सम्झौता गर्ने निर्णय गरेको हो।

    images
    images

    आज सम्पन्न मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बीबीसीले समाचार बनाएको छ। यसअघि हमाससँग सम्झौता गर्ने या नगर्ने विषयमा मन्त्रिपरिषद्‍मा मतविभाजन भएको थियो। मतविभाजनपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धक रिहा गर्न सम्झौता गरिएपनि हमासमाथिको कारबाही रोक्न नहुने बताएका छन्।

    images
    images

    इजरायली संञ्चार संस्था टाइम्स अफ इजरायलका अनुसार अबका ४ दिनमा हमासले ५० जना बन्धकलाई रिहा गर्नेछ। हमासले बालबालिका र महिलालाई प्राथमिकतामा राखेर रिहा गर्ने समाचारमा उल्लेख छ ।

    हमासले ५ दिनसम्म युद्धविराम गरे बन्धक रिहा गर्ने प्रस्ताव गर्दै इजरायली पक्षलाई पत्र पठाएको थियो।  हमासले यसअघि नै सम्झौताका लागि अन्तिम बिन्दुमा पुगिएको उल्लेख गरेको थियो। तर इजरायली पक्षले भने यो विषयमा सार्वजनिक रूपमा कुनै पनि विषय उल्लेख गरेको थिएन।

    हमासले बन्धक बनाएकामध्ये अधिकांश इजरायली नागरिक हुन्। तर यसमा थुप्रै जना विदेशी पनि छन ।  
    हमासले नेपालका विपीन जोशीलाई पनि बन्धक बनाएको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार