सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इजरायल–हमास सहमति :  २४ घण्टाभित्र युद्धविराम घोषणा गरी बन्धकलाई मुक्त गरिने 

इजरायल–हमास सहमति :  २४ घण्टाभित्र युद्धविराम घोषणा गरी बन्धकलाई मुक्त गरिने 

साझा पोष्ट
बुधबार, मंसिर ६ २०८०
  • images
    इजरायल–हमास सहमति :  २४ घण्टाभित्र युद्धविराम घोषणा गरी बन्धकलाई मुक्त गरिने 
    images

    काठमाडौं । इजरायल र हमासबीच केही समय 'मानवीयताका आधारमा युद्धविराम' गर्ने सहमति भएको छ । कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा दुई पक्षबीच भएको  सहमति अनुसार बन्धक आदान प्रदान गरिनेछ । हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र कम्तीमा ४ दिनका लागि युद्ध रोक्ने छ ।

    images
    images

    कतारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र युद्धविराम घोषणा हुने जनाएको छ ।सुरुमा ४ दिन युद्ध रोक्ने सहमति भए पनि त्यो लम्बिन सक्ने कतारी विदेश मन्त्रालयले जनाएको छ । सुरुमा बालबालिका र महिलासमेत गरी हमासले ५० जना बन्धक र इजरायलले जेलमा राखिएका महिला र बालबालिका छाड्ने सहमति भएको कतारले जनाएको छ ।  सीएनएनका अनुसार पहिलो चरणमा तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरूलाई हमासले छाड्ने छ ।कतारले दुई पक्षबीचको द्वन्द्व रोक्न, मानवीय क्षति कम गर्न कूटनीतिक प्रयास जारी रहेको र यसमा आफू प्रतिबद्ध रहेको पनि जनाएको छ ।

    images
    images

    इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौता स्वीकृत गरेको हो । इजरायल र हमासबीच बन्धक छाड्ने विषयमा कतारले मध्यस्थता गरिरहेको छ । कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ जना बन्धक छाडेको थियो । सीएनएनका अनुसार कतारी अधिकारीहरूले बुधबार बिहान इजरायललाई सम्झौताको प्रस्ताव पेस गरेका थिए । त्यसपछि बसेको इजरायली मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो । हमासले इजिप्ट र कतारलाई मध्यस्थताका लागि धन्यवादसमेत दिएको छ ।

    mof-qatar-statement.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार