सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतमा रहेको अफगानिस्तानको दूताबास सधैंका लागि बन्द 

भारतमा रहेको अफगानिस्तानको दूताबास सधैंका लागि बन्द 

साझा पोष्ट
शुक्रबार, मंसिर ८ २०८०
  • images
    भारतमा रहेको अफगानिस्तानको दूताबास सधैंका लागि बन्द 
    images

    काठमाडौं । भारतमा रहेको अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग स्थायी रूपमा बन्द गरिएको छ।

    images
    images

    नयाँ दिल्लीका लागि अफगानिस्तानका राजदूत फरिद मामुन्दजाईले शुक्रबार यो जानकारी दिएका हुन्। निर्णय तत्काल लागू हुने पनि उनले बताएका छन्। ‘नयाँ दिल्लीस्थित अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग ट स्थायी रूपमा बन्द गरिएको जानकारी गराउनुपर्दा दुःख लागेको छ।’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्,

    images
    images

    भारतका कारण यो कठिन निर्णय लिनु परेको उनले बताएका छन् ।

    ‘हामीले भारत सरकारबाट लगातार चुनौतीहरू सामना गरिरहेका थियौँ। सेप्टेम्बर ३० मा हामीले दूतावासको सञ्चालन बन्द गर्‍यौँ र, हामीलाई ठूलो आशा थियो– दूतावासका बारेमा भारत सरकारको अडान परिवर्तन हुनेछ र भारत इस्लामिक गणतन्त्र अफगानिस्तानका पक्षमा हुनेछ।’ उनले भनेका छन,  'तर आठ साता बितिसक्दा पनि न कूटनीतिज्ञको भिसा अवधि थपियो न त भारत सरकारको अडानमा कुनै परिवर्तन आयो, यस्तो अवस्थामा तालिबान र भारत सरकारको बढ्दो दबाबबीच दूतावासले यस्तो कठिन निर्णय लिनु परेको हो।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार