सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गाजामा दुई दिन लम्बियो युद्धविराम

गाजामा दुई दिन लम्बियो युद्धविराम

साझा पोष्ट
मंगलबार, मंसिर १२ २०८०
  • images
    गाजामा दुई दिन लम्बियो युद्धविराम
    images

    काठमाडौं । इजरायलले गाजामा थप दुई दिन युद्धविराम लम्ब्याएको छ।

    images
    images

    पहिलो चरणको चार दिने युद्धविराम सोमबार सकिएलगत्तै हमास र इसराइलबीच गाजामा थप दुई दिन युद्धविराम गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    images
    images

    सहमतिअनुसार यी दुई दिनको अवधिमा हमासले प्रत्येक दिन कम्तिमा १०–१० जना बन्धकमुक्त गर्नेछन्। इजयरायलले पनि आफ्नो जेलमा रहेका प्यालेस्टिनी  कैदीलाई छोड्ने छ।पहिलो चरणको युद्धविरामको चार दिनमा हमासले ६९ बन्धकलाई छाडिसकेको सिएनएनले जनाएको छ । त्यसको बदलामा इजरायलले पनि १५० प्यालेस्टिनीन कैदीलाई जेलमुक्त गरेको छ।
    इजयरायलले सोमबार ११ बन्धक मुक्त गरेको थियो। इजयरायलले ३३ कैदीबन्दीलाई जेलमुक्त गरेको छ।
    सोमबार हमासले विदेशी नागरिकलाई बन्धक मुक्त गरेको छ। जसमा ३ जना फ्रान्सका, २ जना जर्मनका र ६ जना अर्जेन्टिनाका नागरिक रहेको कतारको विदेश मन्त्रालयका प्रवक्ता मजिब अल अन्सारीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।  

    यसअघि बन्धकमुक्त हुनेमा इजयरायलसँगै थाइल्याण्ड, फिलिपिन्स र अमेरिका  (आइतबार ४ वर्षीय बालक ) लाई छाडेको छ।हमासले अक्टोबर ७ मा इजयरायलमाथि आक्रमण गरी त्यहाँबाट इसराइलीसहित २६ देशका २४९ जनालाई बन्धक बनाइ गजा पुर्‍याएको थियो।

    हमासले बन्धक बनाएकोमा नेपालका विपिन जोशी पनि छन्। उनी दोस्रो चरणमा छुट्ने परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ।  

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार