सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बिते हेनरी किसिञ्जर 

बिते हेनरी किसिञ्जर 

साझा पोष्ट
बिहीबार , मंसिर १४ २०८०
  • images
    बिते हेनरी किसिञ्जर 
    images

    काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री एवम् प्रसिद्ध कुटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ ।
    जर्मनीमा जन्मिएका उनको अमेरिकाको कनेक्टिकटस्थित घरमै मृत्यु भएको बीबीसीले लेखेको छ।
    आफ्नो दशक लामो करिअरमा किसिन्जरले अमेरिकी विदेश र सुरक्षा नीतिमा महत्त्वपूर्ण र कहिलेकाहीँ विवादास्पद भूमिका पनि खेलेका थिए। उनले रिचर्ड निक्सन र गेराल्ड फोर्ड राष्ट्रपति हुँदा अमेरिकाको शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेका थिए।
    यी दुवै पद एकैसाथ सम्हालेका किसिन्जर एकमात्र नेता हुन्। किसिन्जरलाई राजनीतिज्ञ र प्रसिद्ध कूटनीतिज्ञका रूपमा चिनिन्छ।
    अमेरिकी विदेश नीतिमा उनको नियन्त्रण कुनै पनि अमेरिकी राष्ट्रपतिको भन्दा बढी रहेको बताइन्छ।सन् १९३८ मा किसिन्जर जर्मनीबाट भागेर यहुदी आप्रवासीको रूपमा अमेरिका पुगेका थिए।राजनीतिमा आउनुअघि उनी हार्वर्डमा पढाउँथे।

    images
    images

     

    images
    images

     

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार