सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतको विधानसभा चुनावमा भाजपालाई अग्रता, कांग्रेसलाई धक्का 

भारतको विधानसभा चुनावमा भाजपालाई अग्रता, कांग्रेसलाई धक्का 

साझा पोष्ट
आइतबार, मंसिर १७ २०८०
  • images
    भारतको विधानसभा चुनावमा भाजपालाई अग्रता, कांग्रेसलाई धक्का 
    images

    काठमाडौं ।  भारतमा विधानसभा निर्वाचन अन्तर्गत आइतबार बिहानदेखि चार राज्यको मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार तीन राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत सिटमा अग्रता  लिएको छ भने कांग्रेस आईले धक्का खाएको छ । 

    images
    images

    मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपाले अग्रता लिएको छ । तेलंगानामा कांग्रेसको अग्रता छ । बायद्यपि, मतगणनाको अन्तिम परिणाम आउन बाँकी नै छ ।मतगणनाको पछिल्लो विवरण अनुसार मध्यप्रदेशमा भाजपा एकल बहुमततर्फ अग्रसर देखिन्छ । २३० सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा ११६ सांसद आवश्यक पर्दछ । तर भाजपाले १६४ सिटमा अग्रता बनाएको छ । यस्तै, कांग्रेस आईले ६३ र अन्य दलले ३ सिटमा अग्रता बनाएका छन् ।

    images
    images

    मध्य प्रदेशमा अघिल्लो विधानसभा निर्वाचनमा भाजपा १०९ सिटमा सीमित थियो भने कांग्रेस आईले ११४ सिट जितेको थियो । अन्य दलले ७ सिट जितेका थिए ।

    यस्तै, राजस्थानमा पनि कांग्रेस आईले आफ्नो प्रभाव कायम गुमाएको देखिएको छ । । १९९ सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा १०० सांसद आवश्यक पर्दछ । तर, राजस्थानमा जारी मतगणना अनुसार भाजपाले ११३ सिटमा अग्रता लिँदा कांग्रेस आई ६९ सिटमा अघि छ । अन्य दलले १७ सिटमा अग्रता बनाएका छन् ।

    सन् २०१८ को निर्वाचमा राजस्थानमा कांग्रेस आईले १०० सिट जितेको थियो भने भाजपा ७३ सिटमा सीमित  थियो । अन्य दलले २७ सिटमा जितेका थिए । छ्त्तीसगढमा समेत भाजपाले बहुमत सिटमा अग्रता बनाएको छ ।  ९० सिट रहेको छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपाले ५३ सिटमा अग्रता लिँदा कांग्रेस आई ३४ र अन्य दल ३ सिटमा अघि छन् । सन् २०१८ को निर्वाचनमा छत्तीसगढमा भाजपा १५ सिटमा मात्र विजयी भएको थियो । कांग्रेस आई भने ६८ सिटमा जित हासिल गर्दै सत्तामा पुगेको थियो । अन्य दलले ७ सिट जितेका थिए ।

    ११९ विधानसभा सिट रहेको तेलंगानामा भने कांग्रेस आईले ६६ सिटमा अग्रता लिएको छ । यस्तै, भारत राष्ट्र समितिले ३८, भाजपाले ९ र अन्यले ६ सिटमा अग्रता बनाएका छन् । सन् २०१८ को निर्वाचनमा तेलंगानामा भारत राष्ट्र समितिले ८८, कांग्रेस आईले १९ र भाजपाले एक सिट जितेका थिए ।   

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार