सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतका ३ प्रदेशमा भाजपा विजयी, कंग्रेस आईलाई अर्को धक्का

भारतका ३ प्रदेशमा भाजपा विजयी, कंग्रेस आईलाई अर्को धक्का

साझा पोष्ट
सोमबार, मंसिर १८ २०८०
  • images
    भारतका ३ प्रदेशमा भाजपा विजयी, कंग्रेस आईलाई अर्को धक्का
    images

    काठमाडौं ।  भारतको छत्तीसगढ, मध्य प्रदेश, राजस्थान र तेलंगानामा भएको विधानसभा चुनावको मतगणना सकिएको छ । जसमध्ये तीन राज्यमा भाजपा विजयी भएको छ भने एउटा राज्य कांग्रेस आईले जितेको छ । यो चुनावमा कांग्रेसलाई ठूलो धक्का लागेको छ । 

    images
    images

    मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको छ भने कंग्रेस–आईले ६५ सिट मात्र जितेको छ। त्यस्तै राजस्थानमा कुल २१५ सिटमध्ये भाजपाले ११५ र कंग्रेस–आईले ६९ सिट जितेको छ।छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस–आईले ३२ सिट जितेको छ।

    images
    images

    भाजपाले यी तीन प्रदेशमा जित हासिल गरेसँगै कंग्रेस–आईलाई धक्का लागेको छ। सन् २०१८ को निर्वाचनमा यी तीनै प्रदेशमा कंग्रेस–आईले जित हासिल गरेको थियो। तेलंगानामा कांग्रेसले बीआरएसलाई पछि पार्दै ६४ सिट जितेको छ । जहाँ बीआरएसले ३९ सिट, भाजपाले ८ सिट र असदुद्दीन ओवैसीको एआईएमआईएमले ७ सिट प्राप्त गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार