सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

समुद्री आँधीका कारण भारतको चेन्नईमा पाँच जनाको मृत्यु

समुद्री आँधीका कारण भारतको चेन्नईमा पाँच जनाको मृत्यु

साझा पोष्ट
मंगलबार, मंसिर १९ २०८०
  • images
    समुद्री आँधीका कारण भारतको चेन्नईमा पाँच जनाको मृत्यु
    images

    काठमाडौं । बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामको शक्तिशाली सामुद्रिक आँधीले भारतमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । 

    images
    images

    आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । पाँचजनामध्ये दुईजनाको करेन्ट लागेर र एकजनाको रुख ढलेर मृत्यु भएको प्रहरीलाई उधृत गर्दै संचार माध्यमहरुले जनाएका छन् । अन्य दुईजनाको मृत्युको कारण खुल्न सकेको छैन ।

    images
    images

    प्रतिकूल अवस्थाको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नईलगायत केही जिल्लामा बिदा दिएको छ । 
    राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएपछि बन्द गरिएका छन् ।
    मिचाउङ’का कारण आएको भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक डुबानमा परेको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् ।
    वर्षाका कारण चेन्नईको घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलमा बाढी आएको छ । जसका कारण उडान र अवतरण रोकिएको छ ।

    विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो । करिब १५० उडान सेवा प्रभावित भएको छ ।

    भारतको मौसम विभागका अनुसार उक्त चक्रवात चेन्नईबाट १३० किलोमिटर उत्तरमा  छ । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार