सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

तालिबानले नियुक्त गरेका राजदूतलाई चीनले दियो मान्यता

तालिबानले नियुक्त गरेका राजदूतलाई चीनले दियो मान्यता

साझा पोष्ट
बुधबार, मंसिर २० २०८०
  • images
    तालिबानले नियुक्त गरेका राजदूतलाई चीनले दियो मान्यता
    images

    काठमाडौं । चीनले तालिबान सरकारबाट नियुक्त राजदूत नियुक्त बिलाल करीमीलाई मान्यता दिएको छ ।तालिबान कूटनीतिज्ञलाई राजदूतको मान्यता दिने चीन पहिलो देश बनेको बीबीसीले जनाएको छ ।

    images
    images

    यसअघि चीनले तालिबानद्वारा नियुक्त बिलाल करीमीलाई राजदूतको दर्जा दिएको र उनले आफ्नो परिचयपत्र चीन सरकारमा पेश गरेको समाचार काबुलबाट सार्वजनिक भएको थियो ।

    images
    images

     चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बाङ वेनबिनलाई मंगलबार मिडिया ब्रिफिङको क्रममा चीनले तालिबानलाई वैधानिक सरकारको रुपमा मान्यता दिन्छ कि दिँदैन भनेर सोधिएको प्रश्नमा  उनले  ‘अफगानिस्तान लामो समयदेखि चीनको मित्रवत सम्बन्ध छ । अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बेदखल गर्नु हुँदैन ।’ भनेर जवाफ दिएको बीबीसीले जनाएको छ । 

    सन् २०२१ को अगष्टमा अमेरिकी सैनिक फिर्ता भएपछि तालिबानले सत्ता हातमा लिन सफल भएको थियो । तालिबान सरकारमा आएपछि राजधानी काबुलमा दूतावास राख्ने चीन तेस्रो देश हो । चीन अघि पाकिस्तान र रुसले दूतावास राखेका थिए ।हालै भारतमा अफगानिस्तानको दूतावास बन्द गरिएको थियो । तर चीनले भने राजदूतलाई मान्यता दिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार