सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गाजामा राष्ट्रसंघले लागू गर्‍यो शक्तिशाली प्रावधान, तत्काल युद्धविराम गर्न आग्रह

गाजामा राष्ट्रसंघले लागू गर्‍यो शक्तिशाली प्रावधान, तत्काल युद्धविराम गर्न आग्रह

साझा पोष्ट
बिहीबार , मंसिर २१ २०८०
  • images
    गाजामा राष्ट्रसंघले लागू गर्‍यो शक्तिशाली प्रावधान, तत्काल युद्धविराम गर्न आग्रह
    images

    काठमाडौं । गाजामा युद्धले निम्त्याएको संकटलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसंघको बडापत्रको सबैभन्दा शक्तिशाली प्रावधान लागू गरेका छन् ।  उनले धारा ९९ लागू गरेका हुन । यस अन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिवले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि मुद्दामाथि सुरक्षा परिषदको ध्यानाकर्षण गराउन सक्छन् ।

    images
    images

    संयुक्त राष्ट्रसंघको इतिहासमा नौ पटक मात्र प्रयोग भएको यो धारा दशकौंदेखि प्रयोगमा नल्याइएको बीबीसीले जनाएको छ 

    images
    images

    संयुक्त राष्ट्रसंघले गाजामा युद्धका कारण भइरहेको मानवीय विपत्तिका बारेमा केही सातादेखि चेतावनी दिंदै यसलाई रोक्न अपिल गर्दै आएको छ । अन्ततः बुधबार एन्टोनियो गुटेरेसले सबैभन्दा शक्तिशाली सङ्कटको संकेत गर्दै सदस्यको ध्यानाकर्षण गराएका हुन् ।गाजाको मानवीय संकटप्रति शक्ति राष्ट्रहरूको ध्यान केन्द्रित गराउँदै युद्धविराम गर्न यो कदमले भूमिका खेल्न सक्नेछ ।

    युएन काउन्सिलका अधिकांश सदस्य युद्धविरामको समर्थनमा छन् तर इजरायलको नजिकको सहयोगी र संयुक्त राष्ट्रसंघमा भिटो अधिकार रहेको अमेरिका युद्धविरामको पक्षमा छैन ।गुटेरेसले काउन्सिल सदस्यहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘गाजामा बस्ने सबै गम्भीर खतरामा बाँचिरहेका छन् किनभने गाजाको कुनै पनि ठाउँ अब सुरक्षित छैन ।’

    गाजाको सम्पूर्ण स्वास्थ्य प्रणाली ध्वस्त भएकोले अस्पतालहरू युद्धभूमिमा परिणत भएका उनले उल्लेख गरेका छन् ।मानिसहरूसँग बाँच्नका लागि आवश्यक चीजहरू अभाव भइरहँदा इजरायलले निरन्तर बमबारी गरिरहेको छ ।गुटेरेसले गाजामा सार्वजनिक व्यवस्था पूर्ण रूपमा ध्वस्त भइरहेको उल्लेख गर्दै यो पहिलेको जस्तो अवस्थामा फर्किन निकै गाह्रो देखिने उल्लेख गरेका छन् ।

    यस संकटलाई थप बिग्रनबाट रोक्न र अन्त्य गर्न आफ्नो सबै शक्ति अन्तर्राष्ट्रिय समुदायले प्रगोग गर्नुपर्नेमा जोड दिंदै उनले युद्धविरामका लागि पहल गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार