सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इजरायल-हमास युद्धविरामको विरोधमा उभियो अमेरिका, रास्ट्रसंघमा भिटो प्रयोग

इजरायल-हमास युद्धविरामको विरोधमा उभियो अमेरिका, रास्ट्रसंघमा भिटो प्रयोग

चीन र रूसले गरे अमेरिकाको आलोचना

साझा पोष्ट
शनिबार, मंसिर २३ २०८०
  • images
    इजरायल-हमास युद्धविरामको विरोधमा उभियो अमेरिका, रास्ट्रसंघमा भिटो प्रयोग
    images

    काठमाडौं  । इजरायल र   प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीचको युद्धमा तत्काल मानवीय युद्धविरामको लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को माग विरुद्ध अमेरिकाले भिटो गरेको छ।

    images
    images

    सुरक्षा परिषद्का १३ सदस्यले शुक्रबार संयुक्त अरब इमिरेट्सद्वारा पेश गरिएको संक्षिप्त मस्यौदा प्रस्तावको पक्षमा मतदान गरे, जबकि बेलायतले भाग लिएन ।  संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले दुई महिना लामो युद्धबाट हुने विश्वव्यापी खतराबारे १५ सदस्यीय परिषद्लाई औपचारिक रूपमा चेतावनी दिन बुधबार दुर्लभ कदम चालेपछि मतदान गरिएको हो।

    images
    images

    ‘अमेरिकाले इजरायल र प्यालेस्टाइन दुवै शान्ति र सुरक्षामा बस्न सक्ने दिगो शान्तिलाई समर्थन गर्दछ ।तर हामी तत्काल युद्धविरामको आह्वानलाई समर्थन गर्दैनौँ। यसले अर्को युद्धको लागि मात्र बीउ रोप्नेछ, किनभने हमाससँग दिगो शान्ति हेर्ने, दुई-राज्य समाधान हेर्ने इच्छा छैन,’ संयुक्त राष्ट्रका लागि उप अमेरिकी राजदूत रोबर्ट वुडले भने।

    अमेरिकाको भिटोको चीन र रुसले आलोचना गरेका छन् । बेइजिङले नागरिक जीवनको चिन्ता व्यक्त गर्दै युद्धविरामको मस्यौदा समर्थन अस्विकार  गरेर अमेरिका‘आत्मविरोधी‘ भएको आरोप लगाएको छ ।  रुसले अमेरिकालाई ‘हृदयविहीन’ भनेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार