सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इजरायली आक्रमणमा प्यालेस्टिनी पत्रकार मारिए, एक जनाको परिवारै सखाप

इजरायली आक्रमणमा प्यालेस्टिनी पत्रकार मारिए, एक जनाको परिवारै सखाप

साझा पोष्ट
शनिबार, मंसिर ३० २०८०
  • images
    इजरायली आक्रमणमा प्यालेस्टिनी पत्रकार मारिए, एक जनाको परिवारै सखाप
    images

    काठमाडौं । इजरायलले गाजामा गरिरहेको क्रुर आक्रमणमा परेर अल जजीरा टेलिभिजनका पत्रकार अबू दक्काको मृत्यु भएको छ । शुक्रवारको  हमलामा अल जजीराका गाजा संवाददाता घाइते भएका छन् ।

    images
    images

    गाजा शहरको खान युनिसस्थित एक स्कूलमा इजरायली हमलारे रिपोर्टिङ गरिरहेका बेला इजरायली सेनाले अल जजीराका क्यामेरामेन समर अबू दक्काको हत्या गरेको हो ।

    images
    images

    आक्रमणमा संवाददाता वाएल अल दहदौ घाइते भएको अल जजीराले जनाएको छ । आक्रमण हुँदा दुवै जना दक्षिणी गाजा सहर खान युनिसको विद्यालयमा इजरायली हमलाको बारेमा रिपोर्ट गरिरहेका थिए।

    रिपोर्टरको काँधमा गम्भीर चोट लागे पनि रगत बगिरहेका बेला उनी भाग्न सफल भएका थिए । क्यामेरामेनलाई घटनास्थलबाट एम्बुलेन्समार्फत उद्दार गर्न खोजिए पनि बाटो बन्द भएका कारण उपचार नपाएर मृत्यु भयो । मृतक खान सन् २००४ देखि अल जजीराका लागि प्यालेस्टानइमा काम गरिरहेका पत्रकार थिए ।
     घाइते पत्रकार दहदौकी श्रीमती,छोरा र छोरीका साथै नाति समेत  अक्टोबरको हमलामा मारिएका छन्। अल जजीराले जानी जानी इजरायली सेनाले पत्रकार दहदौको परिवारलाई निशाना बनाएको आरोप लगाएको छ ।

    त्यसैले इजरायलले श्रीमती,छोरा छोरीको समेत हत्या गरेको आरोप छ ।  दहदौलाई प्यालेस्टिनी जनताको अनुहार मानिन्छ। प्यालेस्टाइनको पीडा र कठिनाइहरू संसारलाई सुनाउने भएकोले गाजामा उनलाई उच्च सम्मान गरिन्छ।
    इजरायली सेनाले पत्रकारको हत्याबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इजरायली आक्रमणमा परी अहिलेसम्म ५७ जना प्यालेस्टाइनी पत्रकार मारिएका छन् । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार