सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चीनमा ६.२ म्याग्निच्युडको भूकम्प, सय जनाको मृत्यु

चीनमा ६.२ म्याग्निच्युडको भूकम्प, सय जनाको मृत्यु

साझा पोष्ट
मंगलबार, पुस ३ २०८०
  • images
    चीनमा ६.२ म्याग्निच्युडको भूकम्प, सय जनाको मृत्यु
    images

    काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् ।

    images
    images

    नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।

    images
    images

    कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।  यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

    भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् ।

    बिहानैदेखि खोज तथा उद्धार तीब्र पारिएको छ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार