सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव लड्न नपाउने कोलोराडो अदालतको फैसला

डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव लड्न नपाउने कोलोराडो अदालतको फैसला

साझा पोष्ट
बुधबार, पुस ४ २०८०
  • images
    डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव लड्न नपाउने कोलोराडो अदालतको फैसला
    images

    काठमाडौं । अमेरिकाको कोलोराडो राज्यस्थित सर्वोच्च अदालतले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपति चुनाव लड्न नपाउने फैसला गरेको छ। 

    images
    images

    अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहर गरिएको यो पहिलो पटक हो।अमेरिकी संविधानको विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय निर्वाचन लड्न ट्रम्प अयोग्य रहेको फैसला अदालतले सुनाएको हो। 

    images
    images

    यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएका थिए।मंगलबार गरिएको फैसला कोलोराडो राज्यमा मात्र लागू हुनेछ। यस निर्णयमा पुनरावेदन विचाराधीन छ।कोलोराडेको सर्वोच्च अदालतले आफ्नो फैसलामा लेखेको छ, ‘हामी यो निष्कर्षमा त्यत्तिकै पुगेका होइनौँ, हामी हाम्राअगाडि रहेका प्रश्न र तिनका नतिजा कत्ति भयंकर हुनेछन् भन्ने कुरामा हामी सचेत छौँ।’ 

    फैसलामा  भनिएको छ, ‘त्यसैगरी हामी कानुनको कार्यान्वयन गर्ने हाम्रो गम्भीर कर्तव्यप्रति सचेत छौँ। र, कुनै डर, पक्षपातबिना तथा जनताको प्रतिक्रियाबाट प्रभावित नभई कानुनसम्मत फैसला गरेका हौँ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार