सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतमा निलम्बनमा पर्ने प्रतिपक्ष सांसदको संख्या १४१ पुग्यो

भारतमा निलम्बनमा पर्ने प्रतिपक्ष सांसदको संख्या १४१ पुग्यो

साझा पोष्ट
बुधबार, पुस ४ २०८०
  • images
    भारतमा निलम्बनमा पर्ने प्रतिपक्ष सांसदको संख्या १४१ पुग्यो
    images

    काठमाडौं । भारतमा निलम्वित हुने प्रतिपक्षी सांसदको संख्या १४१ पुगेको छ ।जारी शीतकालीन अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ सांसद निलम्बनमा परेका हुन् ।लोक सभाको सुरक्षामा लापरवाही भएको भन्दै गृहमन्त्री अमित शाहको जवाफ माग्ने सांसदहरु निलम्बनमा परेका हुन् ।

    images
    images

    मंगलबार लोक सभा र राज्य सभाका थप ४९ सांसद निलम्वनमा परेका हुन । सोमबार ७८ सांसद र त्यसअघि १४ डिसेम्बरमा १४ सांसद निलम्वित भएका थिए ।
    भारतमा यति धेरै संख्यामा सांसदहरु निलम्वन भएको पहिलोपटक हो । सन् १९८९ मार्च १५ मा ६३ सांसद निलम्बनमा परेका थिए । त्यतिबेला इन्दिरा गान्धी हत्याकाण्डको छानबिन आयोगको रिपोर्ट संसदमा पेश गर्न माग गर्दै हंगामा गर्नेहरु निलम्बनमा परेका थिए ।

    images
    images

    १३ डिसेम्बरमा दर्शकदीर्घामा बसेका दुई व्यक्ति संसद हलमा प्रवेश गरी पहेंलो रंगको धुलो उडाएर बैठक प्रभावित पारेका थिए । उनीहरुलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । यो मामिलामा अन्य थप चार जनालाई पनि पक्राउ परेका छन् ।

    त्यसको भोलिपल्ट अर्थात १४ डिसेम्बरमा संसदको सुरक्षामा लापरवाही भएको भन्दै बैठक अवरोध गर्न खोजेका थिए । त्यसपछि विपक्षी सांसद निलम्बनको श्रृंखला शुरु भएको हो । 
    हाल विपक्षका कुल ४३ सांसदहरु मात्र बाँकी छन् । त्यसमा कांग्रेसका राहुल गान्धीसहित नौ सांसद मात्र छन् । महुआ माजी जस्ता नयाँ सांसददेखि लिएर मनोज झा, जयराम रमेश, रणदीप सिंह सुरजेवाला, प्रमोद तिवारी, फारुक अब्दुल्ला, शशी थरुर, मनिष तिवारी, डिम्पल यादव जस्ता दिग्गज सांसदहरु पनि निलम्बनमा परेका छन् । 
    अहिले केही महत्वपूर्ण विधेयकहरु संसदमा पेश हुने मोदी सरकार तानाशाही बन्न खोजेको भन्दै प्रतिपक्षी दलबाट चर्को विरोध भइरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार