सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पत्नी कुटेको आरोपमा भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्दा

पत्नी कुटेको आरोपमा भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्दा

साझा पोष्ट
शनिबार, पुस ७ २०८०
  • images
    पत्नी कुटेको आरोपमा भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्दा
    images

    काठमाडौं । भारतका चर्चित युट्युबर एवम् मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध  श्रीमतीलाई कुटपिट गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ। नोएडाका डीसीपी हरिश चन्द्रले उनीविरुद्ध एफआईआर दर्ता गरिएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।तर उनलाई अहिलेसम्म पक्राउ गरिएको छैन।घटनासँग सम्बन्धित धेरै भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेका छन्।

    images
    images

    नोएडा प्रहरीले सार्वजनिक भिडियोबारे पनि अनुसन्धान भइरहेको जनाएको छ।विवेक बिन्द्राले हालै बिहे गरेका थिए। श्रीमतीका भाइले दिएको उजुरीका आधारमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो।
    ‘पीडित महिलाको बयान लिइएको छ। विवेक बिन्द्राको बयान अहिलेसम्म रेकर्ड गरिएको छैन। एफआईआर दर्ता भएको धाराअन्तर्गत आवश्यक परे पक्राउ पनि गरिनेछ।’ डीसीपी हरिश चन्द्रले भने । 
    विवेक बिन्द्राले ६ डिसेम्बरमा विवाह गरेका थिए। श्रीमतीलाई कुटपिट डिसेम्बर ७ मा भएको बताइएको छ। श्रीमतीसँगको झगडा भएको भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेको छ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार