सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दक्षिण कोरियामा विपक्षी दलका नेतामाथि पत्रकार सम्मेलनमा छुरा प्रहार 

दक्षिण कोरियामा विपक्षी दलका नेतामाथि पत्रकार सम्मेलनमा छुरा प्रहार 

साझा पोष्ट
मंगलबार, पुस १७ २०८०
  • images
    दक्षिण कोरियामा विपक्षी दलका नेतामाथि पत्रकार सम्मेलनमा छुरा प्रहार 
    images

    काठमाडौं । दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार भएको छ । 

    images
    images

    विपक्षी दलका नेता ली जे म्युङ दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणमा रहेको बेला आक्रमण भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।लीलाई अपरिचित व्यक्तिले घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका हुन् ।लीको अटोग्राफ माग्दै उनी नजिक पुगेका थिए । त्यसपछि अचानक अगाडि बढेर उनीमाथि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    images
    images

    उनलाई अहिले अस्पताल पुर्याइएको छ । उनी होसमा रहेको उनको पार्टी डेमेक्र्याटीक पार्टीका अधिकारीहरूले जनाएका छन् । ५९ वर्षीय ली २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतको अन्तरले पराजित नेता हुन्। 

    आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन्।  ली हाल दक्षिण कोरियाको संसद्‌को सदस्य छैनन्। उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने विश्वास गरिएको छ। राष्ट्रपति युनले आक्रमणको निन्दा गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार