सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

 जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ३० पुग्यो

 जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ३० पुग्यो

साझा पोष्ट
मंगलबार, पुस १७ २०८०
  • images
     जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ३० पुग्यो
    images

    टोकियो । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।  भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ । क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । 
    जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखवरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताउनु भएको छ ।सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो । 
    जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।
    सोमबारदेखि जापानमा कम्तिमा १ सय ५५ पटक भूकम्प गएको छ । (रासस\सिन्ह्वा)

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार