सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अमेरिकाको एक स्कूलमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एकको मृत्यु, पाँच जना घाईते 

अमेरिकाको एक स्कूलमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एकको मृत्यु, पाँच जना घाईते 

साझा पोष्ट
शुक्रबार, पुस २० २०८०
  • images
    अमेरिकाको एक स्कूलमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एकको मृत्यु, पाँच जना घाईते 
    images

    काठमाडौं । अमेरिकाको आयोवा राज्यको एक हाइस्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

    images
    images

    लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन एक विद्यार्थीले ६ जनालाई गोली हानेका हुन्।  गोली लाग्नेमा पाँच विद्यार्थी र एक विद्यालय प्रशासक रहेका बीबीसीले जनाएको छ ।  

    images
    images

    गोली लागेर कक्षा ६ का विद्यार्थीको मृत्यु भएको छ । १७ वर्षीय विद्यार्थी डेलोन बटलरले बन्दुक र ह्यान्ड ग्रेनेड ल्याएर प्रहार गरेका प्रहरीले जनाएको छ । 

    आपराधिक अनुसन्धानको आयोवा डिभिजनका सहायक निर्देशक मिच मोर्टवेटले अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको बताएका छन्। 
    मोर्टभेटका अनुसार घाइतेमध्ये एकको अवस्था चिन्ताजनक छ। गोली चलेको समयमा नै विद्यार्थीले सामाजिक सञ्जालमा धेरै पोस्ट गरेका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार