सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बंगलादेशमा आज आम चुनाव, विपक्षी दलको बहिष्कार

बंगलादेशमा आज आम चुनाव, विपक्षी दलको बहिष्कार

साझा पोष्ट
आइतबार, पुस २२ २०८०
  • images
    बंगलादेशमा आज आम चुनाव, विपक्षी दलको बहिष्कार
    images

     
    काठमाडौं ।  विपक्षी दलको बहिष्कारका बाबजुद बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । २ सय १९ सांसद चयनका लागि आमनिर्वाचन हुन लागेको हो । निर्वाचनमा १ हजार ८ सय ४८ उम्मेदवार मैदानमा उत्रिएका छन् ।
     करिव १० करोड मतदाताले मताधिकार प्रयोग गर्ने आँकलन गरिएको छ । मतदानका लागि देशभर ४० हजार मतदान केन्द्र तोकिएको छ ।२७ पार्टी र ४३६ स्वतन्त्र गरी १५०० भन्दा बढी उम्मेदवार ३०० संसदीय सिटका लागि प्रतिस्पर्धा गर्ने छन् ।

    images
    images

    प्रमुख विपक्षी पार्टी बीएनपीले चुनाव बहिस्कार गरेको छ । र, यसकी नेतृ वेगम खालिदा जिया भ्रष्टाचारको आरोपमा जेलमा छिन् । र, उनको  दलले मतदान लक्षित गरेर शनिबार विहान ६ बजेदेखि सोमबार विहान ६ बजेसम्म ४८ घण्टे हड्ताल आह्वान गरेको छ ।

    images
    images


    निर्वाचनमा सहभागी २७ दलमध्ये जतिया पार्टी (जेएपीए)  मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् ।यस्तोमा वर्तमान प्रधानमन्त्री शेख हसिनाको लगातार चौथो जित हासिल गर्नु औपचारिकता मात्र मानिएको छ ।


    विपक्षी दलहरुले बहिष्कार गरेको यो निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि निर्वाचित हुने देखिन्छ । मुख्य विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टीले भाग नलिएको यो चुनावलाई अन्र्तराष्ट्रिय समुदायले मान्यता नदिने सम्भावना छ ।

    पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल हालेपछि बंगलादेशको आन्तरिक राजनीति संकटमा जेलिदै गएको छ । ७३ वर्षीया जियालाई भ्रष्टाचारको आरोपमा ढाकास्थित काराबासमा राखिएको छ ।

     चुनावपछि बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिनाले ४ पटकसम्म बंगलादेशको नेतृत्व गर्ने इतिहास बनाउने छिन् । निर्वाचनलाई मध्यनजर गर्दै ६ लाख सुरक्षाकर्मी खटाइए पनि निर्वाचन प्रचारप्रसारको क्रममा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

    प्रधानमन्त्री हसिना पछिल्लो केही वर्षमा तीव्र गतिमा निरंकुश भएको विपक्षीको आरोप छ । बीएनपीका नेता अब्दुल मोइन खानले बीबीसीसँग भनेका छन्, ‘बंगलादेशमा लोकतन्त्र मरिसक्यो । हामीले जे देख्दैछौं, त्यो फर्जी चुनाव हो ।’

    हसिना सरकारले भने अलोकतान्त्रिक भएको आरोपलाई अस्वीकार गर्दै आएको छ र बंगलादेशले अनपेक्षित आर्थिक सफलता हात पारेको छ, त्यसले प्रधानमन्त्री हसिनाको स्वीकारोक्ति बढेको छ । मुस्लिम बहुल बंगलादेश एक समयसम्म विश्वकै सबभन्दा गरिब देशमध्ये एक थियो । तर सन् २००९ पछि ऐतिहासिक आर्थिक प्रगति हासिल गरेको छ ।प्रतिव्यक्ति आय पछिल्लो दशकमा तीन गुणा भएको छ । विश्व बैंकको अनुमान छ कि पछिल्लो २० वर्षमा साढे २ करोडभन्दा बढी मानिस गरिबीको रेखाबाट माथि उठेका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार