सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बंगलादेशको विवादास्पद चुनावमा शेख हसिनाको जित, पाँचौ पटक प्रधानमन्त्री निश्चित

बंगलादेशको विवादास्पद चुनावमा शेख हसिनाको जित, पाँचौ पटक प्रधानमन्त्री निश्चित

साझा पोष्ट
सोमबार, पुस २३ २०८०
  • images
    बंगलादेशको विवादास्पद चुनावमा शेख हसिनाको जित, पाँचौ पटक प्रधानमन्त्री निश्चित
    images

    काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना लगातातार चौथो पटक विजयी भएकी छन् । आईतवार सम्पन्न आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिग र उनका सहयोगी दलहरुले बहुमत प्राप्त गरेसँगै हसिनाको पाँचौं कार्यकाल पनि सुनिश्चित भएको हो ।
    शेख हसिनाको पार्टी अवामी लिग र उसका सहयोगीले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितेका हुन्। उम्मेदवारको मृत्यु भएपछि एउटा सिटको निर्वाचन भने स्थगन गरिएको छ। 

    images
    images


    देशको प्रमुख प्रतिपक्षी दल बीएनपी अर्थात् बंगलादेश नेसनलिस्ट पार्टी र उसका सहयोगीले भने यो निर्वाचन बहिष्कार गरेका छन्।

    images
    images

    विपक्षी दलको हड्ताल र बहिस्कारकाबीच सम्पन्न भएको निर्वाचनमा ४० प्रतिशत मत खसेको बताइएको छ । मतपरिणामको औपचारिक घोषणा भने आज साँझसम्ममा गर्ने तयारी गरिएको छ ।
    सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २००९ मा पुनः निर्वाचित भएकी थिइन् । पछिल्लो जितसँगै प्रधानमन्त्री हसिना बंगलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने पहिलो व्यक्ति समेत बनेकी छन् ।

    यद्यपी, हसिना पछि उनको उत्तराधिकारी को हुने भन्नेमा अवामी लीगका समर्थकसहित बंगलादेशका धेरैका लागि यो प्रश्न अझै अनुत्तरित नै छ ।

    विश्लेषकहरुका अनुसार बंगलादेशको आम निर्वाचनको परिणाम पहिले नै स्पष्ट थियो, तर भविष्य भने अनिश्चित देखिन्छ ।
    आइतबार मतदानपछि शेख हसिनाले पत्रकारहरूसँग भनिन्, ‘म यो देशमा प्रजातन्त्र सुनिश्चित गर्न सक्दो प्रयास गरिरहेकी छु।’

    अर्कातर्फ मानवअधिकार संगठन ह्युमन राइट्स वाच ९एचआरडब्ल्यू० ले अक्टोबर २८ मा विपक्षी र्‍यालीमा भएको हिंसापछि झण्डै १० हजार कार्यकर्ता पक्राउ परेको अनुमान गरेको छ भने हिंसामा १६ जनाको मृत्यु भएको छ भने ५ हजार ५ सयभन्दा बढी घाइते भएका छन्।

    उक्त संगठनले बंगलादेश सरकारले ‘सत्तारुढ अवामी लिगका राजनीतिक विरोधीहरूले जेल भरेको’ आरोप लगाएको छ। तर, अवामी लिगले आरोप अस्वीकार गर्दै आएको छ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार