सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले राजीनामा दिइन्

चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले राजीनामा दिइन्

साझा पोष्ट
बुधबार, माघ ३ २०८०
  • images
    चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले राजीनामा दिइन्
    images

    काठमाडौं । न्यूजिल्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् ।

    images
    images

    ग्रीन पार्टीकी ४२ वर्षीया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एक पटक अकल्याण्डमा र दुई पटक बेलिङ्गटनको पसलबाट चोरी गरेको आरोप छ ।पछिल्लोपटक उनले अकल्याण्डको एक बुटिकबाट ब्याग उठाएर हिँडेको सीसीटीभी फुटेज सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

    images
    images

    उनी सानै छँदा परिवारका सदस्यहरुसँगै इरानबाट भागेर न्युजिल्याण्ड आएकी थिइन् । उनको परिवारलाई न्युजिल्याण्डले राजनीतिक शरण दिएको थियो ।संयुक्त राष्ट्र संघमा मानव अधिकारको वकिल रहिसकेकी गोलरिज सन् २०१७ मा न्यूजिल्याण्डको सांसद बनेकी थिइन् । पहिलो शरणार्थी सांसद बनेर उनले इतिहास रचेकी थिइन् ।

    उनले विज्ञप्ति जारी गर्दै जनताले आफ्ना जनप्रतिनिधिहरुबाट गर्ने अपेक्षा विपरीत व्यवहार भएको भन्दै माफी मागेकी छन् । ‘मैले धेरै जनालाई लाजमर्दो बनाएको छु र त्यसको लागि माफी चाहन्छु ।’ उनले भनेकी छन्  ।

    मेडिकल जाँचबाट आफ्नो स्वास्थ्य ठिक छैन भन्ने पनि आफूले बुझेको उनले उल्लेख गरेकी छन् । ‘मेरो व्यवहार यस्तो भयो कि मसँग भन्ने केही शब्द छैन किनकी यो कुनै हिसाबले पनि ठिक छैन । र, मेडिकल जाँचबाट मलाई थाहा भयो कि मेरो स्वास्थ्य ठीक छैन ।’ उनले आफूमा कामको कारण तनाव सिर्जना भएको उल्लेख गरेकी छन् । अहिले उनीमाथि लागेको आरोपमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार