सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बलोचिस्तान आक्रमणको दुई दिनपछि पाकिस्तानले इरानमा गर्‍यो जवाफी आक्रमण

बलोचिस्तान आक्रमणको दुई दिनपछि पाकिस्तानले इरानमा गर्‍यो जवाफी आक्रमण

साझा पोष्ट
बिहीबार , माघ ४ २०८०
  • images
    बलोचिस्तान आक्रमणको दुई दिनपछि पाकिस्तानले इरानमा गर्‍यो जवाफी आक्रमण
    images

    काठमाडौं । पाकिस्तानले इरानमा जवाफी आक्रमण गरेको छ । इरानले बलोचिस्तानमा आक्रमण गरेको दुई दिनपछि पाकिस्तानले जवाफी हमला गरेको हो । 

    images
    images

    पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा पाकिस्तानी मूलका आतंकवादीलाई निशाना बनाएको उल्लेख छ । 'आज बिहान पाकिस्तानले इरानको सिस्तान-ओ-बलुचिस्तान प्रान्तमा आक्रमण गरेको छ,' बयानमा भनिएको छ, 'गुप्तचर सूचनाका आधारमा गरिएको ‘मार्ग बार सरमचार’ नामक अपरेशनमा धेरै आतङ्ककारी मारिएका छन् ।'

    images
    images

     पाकिस्तान हरेक खतराबाट आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। पाकिस्तानले भविष्यमा पनि आफ्नो सुरक्षाका लागि यस्ता कदमहरू जारी राख्ने जनाएको छ । 

    इरानले मंगलबार पाकिस्तानको बलोचिस्तानमा आक्रमण गरेको थियो । इरानले आफ्नो देशमा लगातार आतंकवादी घटनाहरू गरिरहेको जैश अल-अदल नामक संगठनलाई निशाना बनाएको जनाएको छ।पाकिस्तानले इरानको आक्रमणप्रति कडा आपत्ति जनाएको थियो । यो घट्नाले दुई देशबीच तनाव उत्पन्न भएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार