सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

थाईल्याण्डमा राजाको आलोचना गर्ने एक युवकलाई ५० वर्षको जेल सजाय

थाईल्याण्डमा राजाको आलोचना गर्ने एक युवकलाई ५० वर्षको जेल सजाय

साझा पोष्ट
बिहीबार , माघ ४ २०८०
  • images
    थाईल्याण्डमा राजाको आलोचना गर्ने एक युवकलाई ५० वर्षको जेल सजाय
    images

    काठमाडौं । फेसबुकमा राजतन्त्रको आलोचना गरेको आरोपमा  थाईल्याण्डमा विहीबार एक युवकलाई ५० वर्षको कारागार सजाय दिइएको छ। 
    उत्तरी सहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई उनको निजी फेसबुक अकाउन्टमा पोस्ट गरेको आरोपमा कूल ५० वर्षको कारागार सजाय सुनाएको छ।

    images
    images

    उनलाई सुरुमा तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि लामो सजाय सुनाइएको हो। अनलाइन कपडा पसलका मालिक मोङ्कोललाई पहिलो पटक सन् २०२१ मा राजनीतिक बन्दीहरूको रिहाइको मागलाई लिएर भएको एउटा विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएको थियो। 

    images
    images

    मोङ्कोलको सजायविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिने भएको छ । मुलुकको कडा शाही अपमान कानून अन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो। थाइल्यान्डले प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूविरुद्ध विवादास्पद कानूनको प्रयोगलाई बढावा दिएपछि यो कीर्तिमानी सजाय धेरै वर्षपछि आएको छ।आलोचकहरूले उक्त सजायलाई असहमतिलाई मौन बनाउने रणनीति भनेका छन्। 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार