सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अयोध्यामा नवनिर्मित राममन्दिरमा आज भव्य समारोहबीच प्राण प्रतिष्ठा हुँदै

अयोध्यामा नवनिर्मित राममन्दिरमा आज भव्य समारोहबीच प्राण प्रतिष्ठा हुँदै

साझा पोष्ट
सोमबार, माघ ८ २०८०
  • images
    अयोध्यामा नवनिर्मित राममन्दिरमा आज भव्य समारोहबीच प्राण प्रतिष्ठा हुँदै
    images

    काठमाडौं ।भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदैछ। प्राण प्रतिष्ठा समारोह स्थानीय समयानुसार मध्याह्न १२:२० बजे (नेपाली समयानुसार मध्याह्न १२:३५ बजे)  सुरु हुनेछ। 

    images
    images


     नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्रीरामको मूर्तिको प्राण प्रतिष्ठासँगै मन्दिरमा पुजा शुभारम्भ हुने छ । प्राण प्रतिष्ठाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनदेखि नरिवल पानी मात्रै पिएर भुइँमा कम्बल ओछ्याएर सुत्दै आएका छन् ।

    images
    images

    प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालमा भगवान रामको मन्दिर निर्माण सम्पन्न हुनुलाई निकै महत्वपूर्ण मानिएको छ । प्राण प्रतिष्ठाका लागि देश विदेशका सयौं सन्त महन्थ लगायत भारतका उच्च पदस्थ व्यक्तित्वहरु, कलाकारहरु, उद्योगपति तथा व्यापारीलगायत हजारौ पाहुना अयोध्या पुगेका छन् । यस समारोहका लागि सो क्षेत्र दुलहीझैं सिंगारिएको छ ।


    रामनगरी अयोध्या मात्र नभइ भारत भर घरघरमा दिपावली गरिएको छ ।भारतमा भइरहेको उत्सवलाई नेपालमा पनि धार्मिक संघ संगठनले उत्साहका साथ स्वागत गरेका छन् । काठमाडौंसहित नेपालका विभिन्न शहरमा सनातन धर्मावलम्वीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

    नेपालबाट माता सीताको जन्मभूमि जनकपुरबाट सजाइएका गाडीहरू अयोध्या पुगेका छन् । नेपालबाट राममन्दिरका लागि शिला, जल र विभिन्न उपहार पठाइएको छ । विश्वभरका हिन्दूहरुका आस्थाका केन्द्र मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमिमा भव्य मन्दिर बन्नु र उक्त मन्दिरमा भगवान रामको मूर्तिको प्राण प्रतिष्ठा हुनु आफैमा ऐतिहासिक दिनका रुपमा अथ्र्याइएको छ ।

    ram-1.jpg

    भारतको अयोध्याको रामकोटमा सन् १५२८ मा मुगल सम्राट् बाबरले बाबरी मस्जिद बनाउनु अघि नै अस्तित्वमा रहेको राम मन्दिरकै जगमा अहिले यो मन्दिर बनाइएको हो ।

    मन्दिर निर्माण विश्वभरका हिन्दु धर्मावलम्वीका लागि गर्वको विषय बनेको छ । भारतको सर्वोच्च अदालतले राम जन्मभूमिमा राम मन्दिर निर्माणका लागि बाटो खोलिदिएपछि सन् २०२० देखि मन्दिर निर्माण कार्य शुरु गरिएको थियो । राम मन्दिरका लागि १ हजार ८ सय करोड भारतीय रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।

    मन्दिर निर्माणका लागि ४ करोड भारतीय नागरिकले स्वेच्छिक सहयोग गरेका छन् । यस मन्दिरमा ४४ वटा द्वार र ३ सय ९२ पिलर रहेका छन् । तीन तलाको राममन्दिर पूर्वपश्चिम दिशामा ३ सय ८० फिट लम्बाइको र २ सय ३५ फिट चौडाइको रहेको छ ।

    ram_mandir_2.jpg

    हरेक तला २० फिट उँचाइका छन् । जमिनबाट गर्भगृहको चुचुरोको उँचाइ १ सय ६१ फिट छ । मन्दिर निर्माणमा फलामको प्रयोग नै गरिएको छैन । मन्दिर ग्रेनाइट पत्थरबाट मात्रै बनाइएको छ । प्राचीन नागर शैलीमा बनाइएको मुख्य मन्दिर ५७ हजार ४ सय वर्गफिट क्षेत्रमा बनेको छ ।

    पिलर र ढोकाहरूमा विभिन्न भगवानका मूर्तिहरू कोरिएका छन् । मन्दिरको गर्भगृहमा भगवान् रामको मूर्ति छ । भगवान रामको बालस्वरुप मूर्ति ५१ इञ्च अग्लो छ भने मूर्तिको दायाँ बायाँ र तल माथि सूर्य चन्द्रमादेखि विभिन्न देवगण तथा ऋषिहरुका आकृति पनि कुँदिएका छन् । मन्दिरमा पाँचवटा मण्डप तयार पारिएको छ ।

    यद्यपि मन्दिरको पूर्ण निर्माण नहुँदै प्राण प्रतिष्ठा गर्न लागिएको भन्दै हिन्दू धर्मकै केही गुरु र सन्तहरुले भने विरोध जनाएका छन्। मन्दिरको पूर्ण निर्माणपछि मात्रै प्राण प्रतिष्ठा हुनुपर्ने उनीहरुको माग छ।
    मूर्तिमा प्राण प्रतिष्ठाका लागि आयोजित भव्य समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ठ व्यक्ति सहभागी हुनेछन्। प्राण प्रतिष्ठापछि मोदीले अयोध्यामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। भारतको सर्वोच्च अदालतले सन् २०१९ मा सुनाएको फैसलापछि अयोध्यामा नयाँ मन्दिर बनाइएको हो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार