सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

माल्दिभ्समा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच कुटाकुट, केही घाईते

माल्दिभ्समा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच कुटाकुट, केही घाईते

कुटाकुटको कारण भारत र चीन !

साझा पोष्ट
सोमबार, माघ १५ २०८०
  • images
    माल्दिभ्समा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच कुटाकुट, केही घाईते
    images

    काठमाडौं । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच कुटाकुट भएको छ ।जसमा केही सांसद घाइते  भएका छन् । संसदमा भएको  झडपको भिडियो सामाजिक सन्जालमा भाइरल छ ।

    images
    images

    चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो ।

    images
    images

    प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय विवाद भएपछि सत्ता पक्ष र प्रतिपक्षीबीच सांसद हात हालाहालमा उत्रिएका बीबीसीले जनाएको छ । कुटपिटबाट केही सांसदको टाउकोमा चोट लागेको छ । एक जना सांसदलाई त उपचारका लागि अस्पतालनै लगिएको छ ।  

    मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस (पीपीएम) र पीएनसीको गठबन्धन सरकार छ । ‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका मोहम्मद मुइज्जु प्रधानमन्त्री छन् । मालदिभ्सको विपक्षी दल भने भारतसँग निकट छ । वर्तमान  भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ ।

    मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) ले सरकारले नियुक्त गर्न खाजेका चार सदस्यको विरोध गरेको छ ।

    एमडीपीले संसदमा मतदान हुनु अगाडि नै मन्त्रिपरिषद्मा नियुक्त गर्न लागिएका चार सदस्यको प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको थियो ।

    गठबन्धन सरकारले आवास, भूमि तथा शहरी विकास मन्त्री डा। अली हैदर, इस्लामिक मामिला मन्त्री मोहमद शहीम अली सईद, आर्थिक तथा व्यापार विकास मन्त्री मोहम्मद सईद र महान्यायाधिवक्ता अहमद उशमलाई नियुक्त गर्न चाहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार