सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

साझा पोष्ट
मंगलबार, माघ १६ २०८०
  • images
    पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय
    images

    काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

    images
    images

    राज्यका गोप्य सूचना चुहाएको आरोपमा उनीहरुलाई विशेष अदालतले जेल सजाय सुनाएको हो । पूर्वविदेशमन्त्री शाह इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका उपाध्यक्ष हुन् ।

    images
    images

    पाकिस्तानमा आउँदो ८ फेब्रुअरीमा आम चुनाव हुँदैछ । चुनावको पूर्वसन्ध्यामा प्रमुख दलका नेता इमरान खान र पार्टी उपाध्यक्ष कुरेसीलाई जेल सजाय सुनाइएको हो ।

    पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेका सबै आरोप राजनीतिबाट निर्देशित भएको बताएका छन् ।

    इमरान खान प्रधानमन्त्री भएका बेला मुलुकको गोप्य कुटनीतिक दस्ताबेज चुहाइएको आरोप उनीहरुमाथि थियो ।ती सूचनाका कारण मुलुकको कुटनीतिक सम्बन्ध ध्वस्त हुन सक्ने भन्दै खानलाई आजीवन कैद वा मृत्युदण्डको सजाय माग गरिएको थियो ।

    यसअघि इमरान खानलाई भ्रष्टाचारमा ३ वर्ष जेल सजाय सुनाइएको थियो र उनी हाल काराबासमा छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार